९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल
अ अ+ अ-

कर्णाली। कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितासँग सम्बन्धित भएर पर्यटन प्रवर्द्धनका विषयमा पर्यटन दशकबारे होटल व्यवसायीसँग छलफल गर्नुभएको छ ।

उहाँले आज आफ्नै कार्यकक्षमा होटल व्यवसायी सङ्घ कर्णाली प्रदेश समितिका पदाधिकारीसँग आगामी मङ्सिर १६ देखि २९ गतेसम्म कर्णालीमा आयोजना हुने  दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्रदेशको आर्थिक विकास र पर्यटन क्षेत्र प्रवर्द्धनसँग जोड्नुपर्ने बताउनुभयो ।

खेलकुदसँगै स्वास्थ्य र पर्यटन प्रवर्द्धन गरी प्रदेशमा आर्थिक गतिविधि चलायमान बनाउनका लागि होटल व्यवसायीको सक्रियता जरुरी रहेको मुख्यमन्त्री शाहीले बताउनुभयो । कर्णाली प्रदेशमा पर्यटक भित्र्याउन र पर्यटन दशक मनाउने सम्बन्धमा गर्न सकिने कामहरूका बारेमा उहाँले होटल व्यवसायीसँग जिज्ञासा राख्नुका साथै सुझावसमेत माग्नुभएको थियो ।

सुर्खेतमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुदको समयमा यहाँका होटलहरू गर्नुपर्ने व्यवस्थापनका सम्बन्धमा मुख्यमन्त्री शाहीले होटल व्यवसायी सङ्घका प्रतिनिधिसँग छलफल गर्नुभएको थियो ।

छलफलमा होटल व्यवसायी सङ्घ कर्णाली प्रदेशका अध्यक्ष तर्कबहादुर शाहीले पर्यटन दशकको तयारी गर्नुअघि पर्यटकीय क्षेत्रहरूसम्म जाने बाटोको सहजता हुनुपर्ने र त्यहाँ नजिकै रहेका जग्गा उपलब्ध गराएर होटल क्षेत्रमासमेत लगानी भित्र्याउन सकिने बताउनुभयो ।

होटल व्यवसायी सङ्घ सुर्खेतका अध्यक्ष प्रतिभा वलीले कर्णालीमा सञ्चालित होटलहरूको वर्गीकरण गर्न र पर्यटक बोक्ने गाडीको नम्बर प्लेट दिने विषयमा पहल सरकारलाई गरिदिन आग्रह गर्नुभयो । कर्णालीमा पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको मुख्यमन्त्री शाहीले बताउनुभयो । रासस