१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प

सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प
अ अ+ अ-

काठमाडौँ। उत्तरी सुडानको अल–गोलिड इलाकामा पर्ने साल्नाराती गाउँका बासिन्दाहरूले बढ्दो गर्मी छल्न आधुनिक कङ्क्रिटका घरभन्दा आफ्ना पुर्खाले सिकाएको माटोको घरलाई नै बढी प्राथमिकता दिइरहेका छन् ।

अत्यधिक तापक्रम सहन सक्ने क्षमता र स्थानीय स्तरमै उपलब्ध निर्माण सामग्रीका कारण यी परम्परागत घरहरू यस क्षेत्रमा अझै पनि उत्तिकै लोकप्रिय छन्। । साल्नारातीका वासिन्दाकाअनुसार यी घरहरू निर्माण गर्न निकै सरल छ । यहाँका बासिन्दाले माटोका बाक्लो भित्ता र खजुरका रुखका काण्ड तथा पातहरू प्रयोग गरेर छानो बनाउने गर्छन् ।

यो विधि आधुनिक सिमेन्ट र कङ्क्रिटको घरभन्दा निकै सस्तो र वातावरणमैत्री मानिन्छ । स्थानीय वासिन्दा अब्देल–रउफ मोहम्मदकाअनुसार माटो र खजुरका पात सुडानको परम्परागत वास्तुकलाका मुख्य आधार हुन् ।

यद्यपि, यी घरहरूका केही चुनौतीहरू पनि छन् । स्थानीय अब्दल्ला अब्दुल–कादिरकाअनुसार आर्थिक रूपमा किफायती भएपनि वर्षायाममा यी घरहरू निकै जोखिममा पर्छन् ।

पानीले माटोको संरचनालाई क्षति पु¥याउन सक्ने भएकाले वर्षाको समयमा यी घरहरूको मर्मत सम्भारमा विशेष ध्यान दिनुपर्ने बाध्यता रहेको छ ।

जे भएपनि सुडानको उत्तरी भेगका बासिन्दाका लागि यी घरहरू केवल बासस्थान मात्र होइनन्, बरु पुस्तौँदेखिको ज्ञान र स्थानीय हावापानीसँग तालमेल मिलाउने एउटा जीवन्त उदाहरण हुन् । आधुनिक निर्माण सामग्रीको पहुँच बढ्दै गए पनि यो परम्परागत वास्तुकलाले अझै पनि आफ्नो सान्दर्भिकता कायम राखेको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल