१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत

एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत
अ अ+ अ-

झापा। अर्जुनधारा नगरपालिका–१ मदनपुरमा निर्माण भइरहेको एकीकृत विपद् व्यवस्थापन भवनको काम ९२ प्रतिशत सम्पन्न भएको छ ।

यस भवनको हालसम्म ९२ प्रतिशत भौतिक प्रगति र ८५ प्रतिशत वित्तीय प्रगति भएको अर्जुनधारा नगरपालिकाका इञ्जिनियर नीरज अधिकारीले जानकारी दिनुभयो । मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रअन्तर्गत रु पाँच करोड २० लाख ९७ हजार ४९२ को लागतमा भवन निर्माण भइरहेको छ ।

कालिका इञ्जिनियरिङ जेभी काठमाडौँले विसं २०८० मङ्सिर २१ गतेदेखि निर्माण कार्य सुरु गरेको हो । सुरुवाती सम्झौताअनुसार २०८२ असार १५ गतेभित्र काम सम्पन्न गरिसक्नुपर्ने भए पनि निर्माण सम्पन्न गर्न दोस्रोपटक आगामी कात्तिक मसान्तसम्मका लागि म्याद थपिएको उहाँले बताउनुभयो । इञ्जिनियर अधिकारीका भन्नुहुन्छ, “यो म्याद नै अन्तिम हो । थपिएको म्यादमा काम सम्पन्न नभए निर्माण कम्पनीलाई कारबाही हुन्छ ।”

स्वीस सरकार, कोशी प्रदेश सरकार र जिल्लाका चार स्थानीय तहको साझेदार लगानीमा यो केन्द्र बनिरहेको छ । यसमा कोशी प्रदेश सरकारको ५० प्रतिशत, बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाको आठ–आठ प्रतिशत, बुद्धशान्ति गाउँपालिकाको छ प्रतिशत गरी स्थानीय तहको कूल ३० प्रतिशत र स्वीस सरकारको २० प्रतिशत लगानी रहेको छ ।

इञ्जिनियर अधिकारीका अनुसार भवन निर्माणलगायत मुख्य काम सकिएका छन् । हाल भवनको फिनिसिङ, झ्यालढोका जडान र रङरोगन गर्नेबाहेक अन्य काम सम्पन्न भइसकेका छन् । तोकिएको समयमै काम पूरा गरी भवन निर्माण कम्पनीले जिम्मा नदिए नेपाल सरकारको प्रचलित कानुन बमोजिम कारबाही हुने उहाँले बताउनुभयो ।

यस एकीकृत विपद् व्यवस्थापन केन्द्रमा चार वटा दमकल, एउटा शववाहन र चार वटासम्म साना वाहन राख्न सकिनेछ । यसका साथै वाहन मर्मतका लागि ग्यारेज, एउटा वटा पानी जम्मा गर्ने रिजर्भियर (पोखरी), विपद् सामग्री भण्डारण गर्ने गोदाम, सुरक्षाकर्मी बस्ने आवास, एउटा किचन र एउटा प्रशासनिक भवनलगायतका अत्यावश्यक पूर्वाधार निर्माण गरिएको छ ।

एकीकृत विपद् व्यवस्थापन केन्द्र स्थापनाको लागि सन् २०२१ जुन २ मा कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय र झापाका चार वटा स्थानीय तहबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । रासस