१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ

पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ
अ अ+ अ-

इस्लामावाद। झुक्याएर पाकिस्तान लगिएकी र आफ्नै नातेदार युवक (कजिन) सँग जबरजस्ती विवाह गर्न बाध्य पारिएकी एक महिलाको उद्धार गरी स्पेन फर्काइएको छ ।

घटनामा संलग्न भएको आरोपमा स्पेनमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले शनिबार जनाएको छ ।

क्याटालोनियाको क्षेत्रीय प्रहरीले जारी गरेको विज्ञप्तिअनुसार जबरजस्ती विवाह गराउने उद्देश्यले मानव बेचबिखन गरेको आशङ्कामा ४१ र ४५ वर्षीय दुई पुरुषलाई जुलाई २१ मा बार्सिलोना विमानस्थलबाट पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार बार्सिलोनामा कम्प्युटर पसल सञ्चालन गर्ने एक पाकिस्तानी नागरिकसँगको प्रेम सम्बन्धप्रति परिवारले स्वीकार गरेको भन्दै आफन्तहरूले ती महिलालाई सेप्टेम्बर २०२५ मा पाकिस्तान जान राजी गराएका थिए । तर पाकिस्तान पुगेपछि उनका आफन्तहरूले स्पेनिस राहदानी खोसेर उनलाई घरभित्रै नियन्त्रणमा राखेको र उनको इच्छाविपरीत कजिनसँग विवाह गराइदिएको आरोप छ ।

महिलाका प्रेमीले अप्रिलमा प्रहरीलाई जानकारी गराउँदै उनलाई परिवारका सदस्यहरूले जबरजस्ती पाकिस्तान लगेको बताएका थिए । यसअघि उक्त घटनासँग सम्बन्धित दुई व्यक्तिले ती प्रेमीमाथि धारिलो हतियार प्रयोग गरी आक्रमणसमेत गरेको प्रहरीले जनाएको छ ।

स्पेनिस प्रहरीले पाकिस्तानस्थित स्पेनको दूतावाससँगको सहकार्यमा ती महिलाको अवस्थाबारे जानकारी सङ्कलन गरी उनको उद्धार गरेको थियो । त्यसपछि उनलाई सुरक्षित रूपमा स्पेन फर्काइएको र आवश्यक मनोसामाजिक तथा अन्य सहयोग उपलब्ध गराइएको प्रहरीले जनाएको छ ।

प्रहरीले जबरजस्ती विवाह तथा प्रेमीमाथिको आक्रमणमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्न अनुसन्धान जारी राखेको जनाएको छ ।

बार्सिलोनामा पाकिस्तानी समुदायको उल्लेखनीय बसोबास रहेको छ । त्यहाँ २६ हजारभन्दा बढी पाकिस्तानी नागरिक दर्ता छन्, जसका आधारमा उनीहरू इटालियन र कोलम्बियन समुदायपछि तेस्रो ठुलो विदेशी नागरिक समूहका रूपमा रहेका छन् । रासस