२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल

कानुनका कुरा : प्रहरीले पक्राउ गर्यो, अब के गर्ने ?

कानुनका कुरा : प्रहरीले पक्राउ गर्यो, अब के गर्ने ?
अ अ+ अ-

चलचित्र र नाटकहरुमा हामीले प्रहरी अचानक आएर अपरिचितलाई ढोका फुटाई जबरजस्ती गर्दै पिट्दै लगेको देखेकै छौँ । त्यस्तै कुनै चलचित्रमा प्रहरीसँग पक्राउपुर्जी (अरेस्ट वारेन्ट) मागेको पनि देखेका छौँ । अझ कतिपय अवस्थामा त यतिसम्म पनि हुन्छ कि पूरै परिवारलाई नै भ्यानमा कोच्दै लगेको पनि देख्ने गरेका हुन्छौँ ।

के वास्तविकतामा पनि यस्तै हुन्छ ? के प्रहरीले यसैगरी पक्राउ गर्ने र कोच्ने गर्न मिल्छ ? यस्तो घटना वास्तविक जीवनमा घट्न नदिनका निम्ती के गर्न सकिन्छ त ? यसको कानुनी निरुपण के हुनसक्छ ?

जनमानसमा प्रहरी प्रतिको डर त हुन्छ नै । अनि प्रहरीलाई देख्ने बित्तिकै मानिस डराउने पनि हुने गर्दछ, त्यो स्वभाविक पनि हो । तर जानकारी र तयारीले यो अनुभवलाई थोरै भए पनि सहज बनाउन सक्छ । यदि तपाईं पनि यस्तै चिन्तामा हुनुहुन्छ भने यो लेख तपाईंका लागि हो ।

आफ्ना अधिकारबारे जानकार हुनुपर्छ

नेपालको संविधान २०७२ को धारा २० मा नागरिकको न्याय सम्बन्धी हक अन्तर्गत पक्राउ परेका व्यक्तिहरूलाई आफ्नो पक्राउको कारण थाहा पाउने, कानूनी सल्लाह लिन पाउने, पक्राउ परेको २४ घण्टाभित्र मुद्दा हेर्ने अधिकारी समक्ष प्रस्तुत हुन पाउने अधिकारको व्यवस्था छ । त्यसैगरी सो कानुनी प्रावधानमा आफ्नो कसूर प्रमाणित नभएसम्म निर्दोष मानिने, दोहोरो अभियोग नलाग्ने, आफ्नो विरुद्ध साक्षी बयान दिनु नपर्ने, आफूमाथि भएको कारबाहीको जानकारी पाउने, निष्पक्ष सुनुवाइको हक पाउने र आवश्यक परेमा निःशुल्क कानूनी सहायता पाउने हक पनि सुनिश्चित गरिएको छ ।

यो संवैधानिक हकका बारेमा जानकारी राख्न सकिएमा नागरिकले आफू विरुद्धका कारबाहीबाट बच्न सक्छ र कानुनी अधिकार सुरक्षित गर्न पनि पाउने छ ।

त्यसैगरी संविधानको धारा २२ मा यातना विरुद्धको हक उल्लेख गरिएको छ । यदि प्रहरीले कसैलाई पक्राउ गर्ने क्रममा वा थुनामा राखेको बेलामा कसुर कबुल गराउने नाममा कुनै पनि किसिमको यातना दिइरहेको छ भने त्यो पनि अपराध हो । त्यसको जानकारी राख्ने नागरिक पनि यो अधिकारबाट सुरक्षित रहनेछ ।

आवश्यक कागज जाँच गर्ने र आँफुसँगै राख्ने

हरेक नागरिकले अनिवार्य रुपमा पक्राउ पुर्जी र थुनुवा पुर्जी माग्ने र त्यसलाई सुरक्षित राख्न पर्दछ । किनभने यी कागजहरुमा तपाईलाई पक्राउमा लिएको र थुनामा राखेको कारण सम्बन्धी सबै सूचना उल्लेख गरिएको हुन्छ । त्यस विषयमा पनि आफू जानकार भएमा पछि मुद्धा लड्नुपरेमा पनि सहज हुनेछ ।

शान्त र विचारशील बन्ने

प्रहरीको सोधपुछको क्रममा तपाईलाई केही नबोली, चुप बस्ने अधिकार छ र बोलेको कुरा आँफु विरुद्ध प्रमाणमा लाग्न सक्छ भन्ने कुराको जानकारी पनि राख्नु पर्दछ । साथै डराएको बेलामा लिएको निर्णयले तपाईको मुद्दामा पछिसम्मै असर गर्न सक्ने भएकाले शान्त र विचारशिल ढङ्गले परिस्थितिको सामना गर्नु पर्दछ ।

कानुन व्यवसायीसँग सल्लाह लिने

तपाईले आफ्नो वकिलसँग जति खुलेर कुरा गर्नु हुन्छ, त्यति नै छिटो आफ्नो समस्याको हल पाउनु हुन्छ । त्यसैले वकिलसँग कुनैपनि कुरा नलुकाई आफ्नो मुद्दासँग सम्बन्धित कानुनी सहायता प्राप्त गर्न सकिन्छ । यो कुरालाई यस्तो अवस्थाका सबैले ध्यान दिनुपर्छ ।

प्रस्तुत विषयमा उल्लिखित सुझावहरू पढ्दा र सुन्दा पनि सामान्य लाग्छन् । सामान्य पनि हुन् । तापनि प्रत्येक व्यक्तिको परिस्थिति फरक हुन सक्छ । आफ्ना अधिकारका बारेमा जानकार रहेर यस्ता चुनौतीपूर्ण परिस्थितिहरूमा सम्झदारीपूर्वक र सचेतनापूर्वक निर्णय लिन सकिएमा प्रहरी र मुद्दा मामिलको झन्झटबाट चाँडै पार पाउन सकिन्छ । यस प्रकारको ज्ञान र तयारी नै तपाईंको सबैभन्दा ठूलो साथी हुनेछ । जब तपाईं यस्तो अप्रत्याशित परिस्थितिमा पर्नुहुन्छ, यी विषयमा जानकार रहनु आवश्यक रहन्छ ।

त्यसैले आफ्नो अधिकारका बारेमा आफैँले जानकारी राखौँ । सुरक्षित रहौँ र न्याय प्राप्तिका लागि सजग पनि बनौँ । किनभने कुनैपनि मानिसमा कानुनको अज्ञानता क्षम्य हुँदैन ।

(पाठक काठमाडौँ स्कुल अफ ल मा बिएएलएलबी तेस्रो वर्षमा अध्ययनरत छिन्)