१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल



अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनुपम प्रकृति र ऐतिहासिक संस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्नेमा जोड दिनुभएको छ ।

ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको आज अवलोकन गर्नुहुँदै मन्त्री खरेलले परम्परागत सम्पदा, कला र संस्कृतिको धरोहर ललितपुरको सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिइने विश्वास व्यक्त गर्नुभयो ।

सञ्चारमन्त्री खरेलले भन्नुभयो, “नेपालको ऐतिहास, परम्परागत कला र संस्कृतिको जगेर्ना गर्दै यसैको माध्यमबाट विश्वसामु नेपाल प्रवद्र्धन गरिनुपर्छ । ललितपुरको सांस्कृतिक सम्पदा र खाना संस्कृतिलाई अन्तरराष्ट्रियकरण गरिनुपर्छ ।”

सञ्चारमन्त्री खरेलले विभिन्न जातजाति, भाषा, संस्कृति र सम्पदा हाम्रो मौलिक पहिचान होभन्दै सम्पदा शहरको नाममा देश विदेशमा प्रख्यात ललितपुरको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा सबै जुट्नुपर्ने खाँचो औंल्याउनुभयो । ललिपतुरका मुर्त र अमूर्त सम्पदा संरक्षणमा धार्मिक, संस्कृतिक, ऐतिहासिक कलानगरीको रुपमा परिचित ललितपरको समग्र विकासका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबीच बलियो समझदारी र सहकार्य जरुरी भएको उल्लेख गर्नुभयो ।

सञ्चारमन्त्री खरेलले विश्व सम्पदाको सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन गर्नुभएको हो । साथै ऐतिहासिक कृष्णमन्दिर, पाटन दरबार सङ्ग्रहालमा पनि पुग्नुभयो ।

सञ्चारमन्त्री खरेलले सङ्ग्रहालयमा जारी ‘क्राफ्ट एन्ड कल्चरल फेस्टिभलको समेत अवलोकन गर्नुभयो । प्रदर्शनीका संयोजक आनन्दवीर बज्राचार्यका अनुसार पाँच दिने प्रदर्शनीमा परम्परागत कला संस्कृति झल्कने सामग्रीहरु प्रदर्शित गरिएको छ ।

मन्त्री खरेलले पाटन दरबार क्षेत्रको ऐतिहासिक एवम् पुरातात्विक महत्वका समपदाबारे जानकारी लिनुभएको थियो । सञ्चारमन्त्री खरेललाई पाटन दरबार संग्रहालयका कार्यकारी निर्देशक रमेशराज पौडेलले जानकारी गराउनुभएको थियो ।

मन्त्री खरेरले संग्रहालयपरिसरको सुन्दरी चोक, मूल चोक, केशवनारायण चोक, भण्डारखाल परिसरलगायतको अवलोकन गर्नुभयो । काठमाडौँ उपत्यकाका प्रसिद्ध तीन शहरहरुमध्ये पाटन सबैभन्दा  पुरानो शहर मानिन्छ ।

प्राचीनकालमा यसलाई युगग्राम, यल, मिनङ्ल, ललितपतन, ललितापुरी आदि नामले पुकारिन्थ्यो । पाटन शहर बरदेवलेल स्थापना गराएका हुन् । प्राचीन पाटनको बीचमा रहेको पाटन दरबार क्षेत्र एक प्राचीन स्मारकको धरोहरका रुपमा रहेको छ । रासस