२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन

महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले ‘नारायण गोपाल – पेमला गीत गंगा भवन’को उद्घाटन गर्नुभएको छ ।

महानगरपालिकाको आर्थिक सहयोगबाट निर्माण भएको भवन नारायण गोपालको ३५ औँ स्मृति दिवसको अवसरमा भवन उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा नारायण गोपाल संगीत कोषले सांगीतिक कार्यक्रमसमेत आयोजना गरेको थियो ।

उद्घाटनपछि बोल्दै उहाँले भन्नुभयो, ‘हरेक व्यक्तिको मनमा आउने भावना छुने गीत गाएका कारण नारायण गोपालका गीत जीवन्त छन् । यो जीवन्तताका कारण उहाँका गीत सम्पदा बनेका छन् । यस्ता अमूर्त सम्पदा जोगाउन महानगरपालिकाले लगानी गरेको हो ।’ उहाँले भन्नुभयो, ‘महानगरपालिकाले लगानी गरेको भवनमा सबैको पहुँच होस् । हरेक कला साधकका लागि उपयुक्त होस् भनेर समयसमयमा अनुगमन पनि गरेका थियौँ । यसरी निर्माण भएको भवनबाट कला साधकहरुको मन्दिर बन्नेछ ।’

कार्यक्रममा महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्य, कोषका अध्यक्ष दिपक के. सी. सहितका वक्ताहरुले नारायण गोपालको सांगीतिक जीवन र नेपाली गीत संगीतको उचाइमा योगदानको चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा कलाकारहरुले नारायण गोपालका चर्चित गीतहरु गाउनुभएको थियो ।

भवन निर्माणका लागि तत्कालीन प्रमुख विद्यासुन्दर शाक्यले २०७६ मंसिर १९ गते शिलान्यास गर्नुभएको थियो । भवन करिब २ करोड ८ लाख रुपैयाँ लागतमा निर्माण भएको हो । ४ तले भवनको भूमिगत र बाहिर गरी १० वटा चार पाङ्ग्रे र ५ वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ् स्थल छ । भवनको वाहिरी स्वरुप परम्परागत नेपाली शैलीको छ । प्लिन्थ क्षेत्रफल १ हजार ५४६ वर्गफिट रहेको भवनको क्षेत्रफल ६ हजार ५५६ वर्गफुट छ । भूमिगत र जमिन तला बाहिर गरेर १० वटा चारपाङ्ग्रे सवारी साधन र २० वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ् गर्न सकिन्छ ।

त्यस क्षेत्रमा करिब १ रोपनी जग्गा छ । महानगरले निर्माण गरिरहेको भवनसँगै नारायण गोपालले बनाउनु भएको सेतो रङ्गको भवन छ । यसलार्य संग्रहालय बनाउने योजना छ ।