२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत



अ+ अ-

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले २०८२ सालमा प्रदान गरिने विज्ञान तथा प्रविधिका १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरुलाई पुरस्कृत गरेको छ ।

४९ औं प्राज्ञसभाले प्रतिष्ठानबाट २०८२ सालमा प्रदान गरिने विज्ञान तथा प्रविधिका १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।

पुरस्कृत हुनेहरुमा २ लाख राशीको कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार, अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्यूट अफ एलाइड साइन्सेस्का डा. वसन्त पन्त, २ लाख राशीको विज्ञान तथा प्रविधि प्रज्ञा पुरस्कार, काठमाडौं विश्वविद्यालयका प्रा. डा. सुबोध शर्मा, १ लाख राशीको विज्ञान पुरस्कार वातावरण केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयका डा. रमेश राज पन्त , १ लाख राशीको प्रविधि पुरस्कार, काठमाडौं विश्वविद्यालयका प्रा.डा. सुदन झा लाई प्रदान गरिएको छ ।

७५ हजार राशीको विज्ञान तथा प्रविधि युवा पुरस्कार ५ जनालाई क्रमश: अन्नपूर्ण अनुसन्धान केन्द्रकी डा. सुष्मा पाण्डे, पक्लिहवा कृषि क्याम्पसका डा. मुक्तिराम पौडेल, काठमाडौं रिसर्च इन्स्टिच्यूट फर बायोलोजिकल साइन्सेसका डा. सागर अर्याल, काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशनका डा. निरज दाहाल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका  विपिन्द्र पाण्डे लाई प्रदान गरिएको छ ।

यस्तै ७५ हजार राशीको महिला विज्ञान तथा प्रविधि पुरस्कार वन विज्ञान अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयकी डा. सोनी बराललाई प्रदान गरिएको छ ।

५० हजार राशीको प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्द्धन पुरस्कार २ जनालाई क्रमश: नेपाल गणित समाज र जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडलाई प्रदान गरिएको छ ।

५० हजार राशीको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार कान्तिपुर मिडिया ग्रुपकी  कमला तामाङ (पाखिन) लाई प्रदान गर्ने गरिएको छ ।

जनही २५ हजार राशीको दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार २ जना क्रमश: जैविक प्रविधि केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयकी सुजा महर्जन र सेन्ट जेभियस कलेजका हरि अछामीलाई प्रदान गरिएको छ ।

१ लाख राशीको काजी इन्द्र कटुवाल कृषि पुरस्कार बैतडी (नार्कका पूर्व वरिष्ठ वैज्ञानिक) का डा. मदन राज भट्टलाई प्रदान गरिएको छ ।

२५ हजार राशीको मोहनध्वज बस्नेत प्रज्ञा पुरस्कार सौर्य विद्युत उत्पादक संघलाई प्रदान गरिएको छ । यस्तै २५ हजार राशीको भुवनेश्वर प्रविधि पुरस्कार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई प्रदान गरिएको छ ।

१ लाख राशीको हामा बालकृष्ण श्रेष्ठ इन्जिनियरिङ्ग पुरस्कार २ जना क्रमश: हुलास स्टिल इण्डष्ट्रिजका डा। छवि मिश्रा र नेपाल विद्युत प्राधिकरणका विष्णु प्रसाद देवकोटालाई प्रदान गरिएको छ ।

पुरस्कार बितरण समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले वैज्ञानिक तथा प्राविधिकहरु राजनिती भन्दा टाढा नै बसेर अध्यायन, अनुसन्धानमा मात्र ध्यान दिएको खण्डमा मात्र उपलब्धी प्राप्त हुने कुरा समेत उल्लेख गर्नु भएको थियो ।

उहाँले नेपाल र नेपालीहरु आर्थिक रुपमा पछाडी पर्नुको कारणहरु उल्लेख गर्दै वैज्ञानिक चेतनाको कमि पनि प्रमुख कारण रहेको कुरा बताउनु भएको थियो । आफ्नो कार्यकाल छोटो रहने भएता पनि आगामी आर्थिक बर्षका लागि बजेट निर्माण गर्ने समयसम्म आफु नै मन्त्रीको रुपमा रहेमा देशकै पूँजीगत बजेटको एक प्रतिशत बजेट अनिबार्य रुपमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा छुट्याउने र त्यो रकम ३ अर्ब बराबर हुने समेत बताउनुभयो ।

नास्टका केहि कमि कमजोरीहरु रहेता पनि आवश्यक सुधार तथा पूनसंरचना गरि त्यस्ता कमजोरीहरु हटाउदै वैज्ञानिक तथा प्राविधिकहरुलाई उचित कार्य वातावरण निर्माण गर्न आफु सधै सकारात्मक रहेको कुरा समेत बताउनुभएको थियो ।

कार्यक्रममा नास्टका उपकुलपति प्रा.डा. दिलीप सुब्बाूले विज्ञान, प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा नास्टले सधै नै वैज्ञानिक तथा प्राविधिकहरुलाई प्रोत्साहन तथा हौसला प्रदान गरिनै रहेको कुरा बताउनु भएको थियो ।

नास्टका सचिव डा. रविन्द्र ढकाल ले नास्टले विज्ञान तथा प्रविधिका क्षेत्रमा विभिन्न क्रियाकलापहरु संचालन गरिनै रहेको र नास्टले विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी अध्यायन अनुसन्धानलाई थप बिस्तार र पहुँचयोग्य बनाउन सातै प्रदेशमा नास्टका शाखाहरुविस्तार गरिएको बताउनु भयो ।

पुरस्कार बारे जानकारी तथा पुरस्कार छनौट प्रकृयाका बारेमा, पुरस्कार छनोट तथा मुल्याङकन समितिका सदस्य तथा नास्टका सह प्राज्ञ डा. चन्द्र प्रसाद पोखरेल ले प्रकाश पार्नु भएको थियो ।

विज्ञान तथा प्रविधि प्रज्ञा पुरस्कार द्वारा सम्मानित काठमाण्डौं विश्वविद्यालय बाट सेवा निवृत्त प्रा. डा. सुबोध शर्माले आफु लगायत विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रमा उल्लेख्य योगदान पूर्याउनु हुने विभिन्न ब्यक्तित्वहरु तथा संघ संस्थाहरुलाई पुरस्कृत गरेकोमा नास्टलाई धन्यबाद ज्ञापन गर्नुभयो । यसले आफु जस्ता विज्ञान तथ प्रविधिका क्षेत्रमा योगदान पुर्याउन चाहने अनुसन्धानकर्तालाई थप पे्ररित तथा हौसला प्रदान गरेको कुरा प्रस्तुत गर्नु भयो ।

त्यस्तै कदरपत्रद्वारा सम्मानित ब्यक्तित्वहरुको तर्फबाट भनाई राख्दै इन्जिनियर हिक्मत राज जोशीले नास्टले विज्ञान तथा प्रविधिका क्षेत्रमा लामो योगदान पुर्याएका महानुभावहरुलाई सम्मान गरिएकोमा आत्मासम्मन उच्च भएको बताउनु भएको थियो ।