२९ भाद्र २०८३, सोमबार
,
Latest
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन



अ+ अ-

काठमाडौँ। प्रथम महिला सविता पौडेलले नेपाली नारीहरूको विशेष पर्व हरितालिका (तीज) को अवसरमा पशुपतिनाथ मन्दिरमा पूजाअर्चना एवं दर्शन गर्नुभएको छ ।

पशुपतिनाथ मन्दिरमा उहाँले आराध्यदेव भगवान् श्री पशुपतिनाथको विधिपूर्वक पूजाअर्चना एवं दर्शन गरी नाथका मूल अर्चक गणेश भट्टबाट टीका एवं फूलप्रसाद ग्रहण गर्नुभएको थियो ।

पूजा, आराधना एवं दर्शनका लागि प्रथम महिला पौडेल पशुपति क्षेत्र पुग्नुहुँदा उहाँलाई पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठ, कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठलगायत कोष सञ्चालक परिषद्का सदस्यहरू कोषको कर्मचारीले स्वागत गर्नुभएको थियो ।

तीज पर्वका अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपति क्षेत्रमा व्रतालु महिलाको लाम लागेको छ । बिहान १० बजेसम्म व्रतालुको लाम कम थियो भने १० बजेपछि लाम बढेको हो । अपराह्नपछि भक्तजन अझै बढेका छन् । रासस