२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक

इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक
सन्दर्भ तस्बिर
अ अ+ अ-

तेहरान। इरानका परमाणु प्रमुखलाई सोमबार भियनास्थित संयुक्त राष्ट्रसङ्घको परमाणुमामिला निकायको मुख्यालयमा हुने वार्षिक सम्मेलनमा भाग लिन अमेरिकाको विरोधका कारण रोक लगाइएको इरानी राष्ट्रिय टेलिभिजनले जनाएको छ।

इरानी राष्ट्रिय प्रसारक संस्थाले भनेको छ, “मोहम्मद इस्लामी र उहाँको प्रतिनिधिमण्डल नियमित उडानमार्फत् शनिबार भियनाका लागि प्रस्थान गर्नुभएको थियो । यद्यपि, अमेरिकाको अवरोधका कारण उहाँ बाटोमा नै रोकिनुभयो।”

अवरोधपछि उहाँ राजधानी तेहरान फर्किनुभएको छ।

उहाँ अस्ट्रियामा शुक्रबारसम्म चल्ने अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएइए) को वार्षिक साधारण सम्मेलनमा भाग लिन जानुभएको थियो ।
उहाँले गत वर्षको सम्मेलनमा सहभागी भई इरानका तर्फबाट अस्थायी प्रतिनिधिका रूपमा सम्बोधन गर्नुभएको थियो । इरान आइएइएको सदस्य राष्ट्र हो ।

तेहरानले यस निर्णयको प्रतिक्रियास्वरूप अस्ट्रियाका चार्ज डे’अफेयर्सलाई सोधपुछ गरेको छ ।

“इस्लामिक गणतन्त्र इरानको प्रतिनिधिमण्डललाई भिसा जारी गर्न अस्ट्रिया सरकारको अस्वीकृति पूर्ण रूपमा अनुचित निर्णय हो,” विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले एएफपी सहभागी तेहरानको प्रेस सम्मेलनमा भन्नुभयो ।

“हामीलाई स्पष्ट छ, यो घटना अमेरिकी दबाबमा भएको हो, तर त्यसले अस्ट्रिया सरकारलाई जिम्मेवारीबाट मुक्त गर्दैन।”

भियनाका एक कूटनीतिक स्रोतले नाम नखुलाउने सर्तमा पुष्टि गरेको छ कि इस्लामीलाई अमेरिकाको दबाबका कारण अस्ट्रिया प्रवेश गर्नबाट रोक लगाइएको हो ।

संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानको परमाणु कार्यक्रम खतरा बनेको तर्क गर्दै इरानविरुद्ध युद्ध सुरु गरेका थिए ।

दशकौँदेखि पश्चिमी शक्तिहरूले इस्लामिक गणतन्त्रले परमाणु हतियार हासिल गर्न खोजेको आशङ्का गर्दै आएका छन्, जसलाई तेहरानले स्पष्ट रूपमा अस्वीकार गर्छ । (रासस/एएफपी)