२९ भाद्र २०८३, सोमबार
,
Latest
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक



सन्दर्भ तस्बिर
अ+ अ-

तेहरान। इरानका परमाणु प्रमुखलाई सोमबार भियनास्थित संयुक्त राष्ट्रसङ्घको परमाणुमामिला निकायको मुख्यालयमा हुने वार्षिक सम्मेलनमा भाग लिन अमेरिकाको विरोधका कारण रोक लगाइएको इरानी राष्ट्रिय टेलिभिजनले जनाएको छ।

इरानी राष्ट्रिय प्रसारक संस्थाले भनेको छ, “मोहम्मद इस्लामी र उहाँको प्रतिनिधिमण्डल नियमित उडानमार्फत् शनिबार भियनाका लागि प्रस्थान गर्नुभएको थियो । यद्यपि, अमेरिकाको अवरोधका कारण उहाँ बाटोमा नै रोकिनुभयो।”

अवरोधपछि उहाँ राजधानी तेहरान फर्किनुभएको छ।

उहाँ अस्ट्रियामा शुक्रबारसम्म चल्ने अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएइए) को वार्षिक साधारण सम्मेलनमा भाग लिन जानुभएको थियो ।
उहाँले गत वर्षको सम्मेलनमा सहभागी भई इरानका तर्फबाट अस्थायी प्रतिनिधिका रूपमा सम्बोधन गर्नुभएको थियो । इरान आइएइएको सदस्य राष्ट्र हो ।

तेहरानले यस निर्णयको प्रतिक्रियास्वरूप अस्ट्रियाका चार्ज डे’अफेयर्सलाई सोधपुछ गरेको छ ।

“इस्लामिक गणतन्त्र इरानको प्रतिनिधिमण्डललाई भिसा जारी गर्न अस्ट्रिया सरकारको अस्वीकृति पूर्ण रूपमा अनुचित निर्णय हो,” विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले एएफपी सहभागी तेहरानको प्रेस सम्मेलनमा भन्नुभयो ।

“हामीलाई स्पष्ट छ, यो घटना अमेरिकी दबाबमा भएको हो, तर त्यसले अस्ट्रिया सरकारलाई जिम्मेवारीबाट मुक्त गर्दैन।”

भियनाका एक कूटनीतिक स्रोतले नाम नखुलाउने सर्तमा पुष्टि गरेको छ कि इस्लामीलाई अमेरिकाको दबाबका कारण अस्ट्रिया प्रवेश गर्नबाट रोक लगाइएको हो ।

संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानको परमाणु कार्यक्रम खतरा बनेको तर्क गर्दै इरानविरुद्ध युद्ध सुरु गरेका थिए ।

दशकौँदेखि पश्चिमी शक्तिहरूले इस्लामिक गणतन्त्रले परमाणु हतियार हासिल गर्न खोजेको आशङ्का गर्दै आएका छन्, जसलाई तेहरानले स्पष्ट रूपमा अस्वीकार गर्छ । (रासस/एएफपी)