२९ भाद्र २०८३, सोमबार
,
Latest
इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ



अ+ अ-

काठमाडौं। एसियाली खेलकुद (एसियाड) मा सहभागी हुन जापान प्रस्थान गर्न लागेको नेपाली उसु टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरिएको छ।

बिदाइ कार्यक्रममा प्रतिनिधि सभा सांसद प्रभा कार्की, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्य पवन शाही, नेपाल उसु महासंघका महासचिव नवराज ढुंगाना ‘विश्वास’ लगायत महासंघका पदाधिकारी, उसु मुख्य प्रशिक्षक, प्रशिक्षक तथा खेलकुदप्रेमीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि तथा अन्य वक्ताहरूले खेलाडीहरूलाई खेल भावना, अनुशासन र उच्च मनोबलका साथ प्रतियोगितामा प्रस्तुत हुन आग्रह गरे। उनीहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको शिर उच्च राख्दै देशका लागि पदक जितेर फर्किने विश्वाससमेत व्यक्त गरे।

बिदाइ समारोहमा खेलाडी तथा अफिसियलहरूको हौसला अभिवृद्धिका लागि ‘संगथा इन्भल्भ टुगेदर’ नामक संस्थाले विशेष सहयोग गरेको थियो। संस्थाको तर्फबाट प्रतियोगितामा सहभागी हुने सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा निर्णायकहरूलाई आकर्षक टिसर्ट प्रदान गरी सम्मान गरिएको थियो।

लामो समयको प्रशिक्षण र तयारीपछि जापान प्रस्थान गर्न लागेको नेपाली उसु टोली पदक जित्ने दृढ संकल्पका साथ उत्साहित देखिएको छ। एसियाडमा नेपाली खेलाडीहरूको प्रदर्शनले देशको खेलकुद क्षेत्रलाई थप नयाँ उचाइमा पुर्‍याउने अपेक्षा नेपाल उसु महासंघले गरेको छ।