१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने

रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री राहत कोषमा थप करिब २७ लाख १५ हजार रुपैयाँ योगदान गर्ने भएका छन् ।

संसदीय दलका पदाधिकारीबीच भएको अनौपचारिक छलफलबाट प्रत्येक सदस्यले न्यूनतम १५ हजार रुपैयाँका दरले प्रधानमन्त्री राहत कोषमा योगदान गर्ने प्रस्ताव अघि बढाइएको मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।

यसअघि नै रास्वपाले प्रधानमन्त्री राहत कोषमा पार्टीका तर्फबाट ५० लाख रुपैयाँ योगदान गर्ने निर्णय गरिसकेको छ । उक्त रकममा संसदीय दलका सदस्यहरूबाट पार्टीमा कट्टा हुँदै आएको मासिक लेवीसमेत समावेश गरिएको बुर्लाकोटीले बताउनुभयो ।

त्यसबाहेक संसदीय दलका सदस्यहरूले व्यक्तिगत रूपमा समेत प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने स्वघोषणा गरेका छन् । सदस्यहरूबाट न्यूनतम १५ हजार रुपैयाँका दरले योगदान गर्दा करिब २७ लाख १५ हजार रुपैयाँ जम्मा हुने जनाइएको छ ।

मुख्य सचेतक बुर्लाकोटीले प्रस्तावअनुसार योगदान रकम जम्मा गर्ने प्रक्रिया अघि बढाउन लागिएको जानकारी दिनुभएको छ ।