२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता

इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता
अ अ+ अ-

इण्डोनेसिया। इण्डोनेसियाको जाभा समुन्द्रमा यात्रुवाहक पानीजहाज सम्पर्कविहीन भएपछि भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १३० जना अझै बेपत्ता छन् ।

दुर्घटनामा १०७ जनाको उद्धार गरिएको राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले आइतबार जनाएको छ । इण्डोनेसियाका यातायातमन्त्री डुडी पुर्वागन्धीले आईतवार दिउँसो पत्रकार सम्मेलनमा हेलिकप्टरबाट गरिएको अवलोकनअनुसार पानीजहाज पल्टिएको तर पूर्ण रूपमा नडुबेको बताएका छन् ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । यसअघि राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले पानीजहाज डुबेको जनाएको थियो ।

दुर्घटनामा परेको ‘भर्गो ट्रान्सपोर्ट ८’ नामक पानीजहाजमा चालक दलसहित कुल २४३ जना सवार थिए। आइतबार बिहान करिब २ बजे खराब मौसमका कारण समस्या आएपछि जहाजसँग सम्पर्क विच्छेद भएको अधिकारीहरूले बताएका छन् ।

जहाज शनिबार पूर्वी जाभा प्रान्तको सुराबायाबाट दक्षिण कालिमन्तान प्रान्तको बन्जारमासिनतर्फ प्रस्थान गरेको थियो । इण्डोनेसियास्थित चिनियाँ वाणिज्य दूतावासले सम्बन्धित अधिकारीहरूसँग पुष्टि गरेअनुसार जहाजमा कुनैपनि चिनियाँ नागरिक नरहेको जनाएको छ ।

बेपत्ता यात्रुहरूको खोजी तथा उद्धारका लागि इण्डोनेसियाली अधिकारीहरूले घटनास्थल नजिकै सुरक्षाकर्मी, उद्धार जहाज र हेलिकप्टर परिचालन गरेका छन् ।

करिव १७ हजार टापु रहेको इण्डोनेसियामा टापुहरूबीच आवतजावतका लागि फेरि तथा अन्य समुन्द्री यातायातमा ठूलो निर्भरता छ । खराब मौसम, समुन्द्री अवस्था तथा जहाजको सुरक्षासम्बन्धी समस्याका कारण त्यहाँ समय–समयमा समुन्द्री दुर्घटना हुने गरेका छन् । सिन्ह्वाको/ न्युज एजेन्सी नेपाल