२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन

भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन
अ अ+ अ-

बाँके। भोटेकोशी बाढीले गाउँका पाँच जनालाई बेपत्ता पारेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरस्थित थपुवागाउँमा घरका आँगन सुनसान  छन् ।

हरेक वर्ष तीजको आगमनसँगै छुट्टै रौनक छाउँथ्यो । मादलको ताल, रातो सारीको झिलीमिली र आँगनभरि पोखिने सङ्गीतका भाकाहरूले गाउँलाई सधैँ गुञ्जायमान बनाउँथे तर यो वर्ष थपुवाको आकाश अर्कै शोकले ढाकेको छ । मादलका तालहरू सुनसान भएका छन्, अनि खुसीका भाकाहरू गहिरो रोदनमा परिणत भएका छन् ।

भदौ १० गते भोटेकोशी बाढीले गाउँका पाँच जना सदस्यलाई एकाएक बेपत्ता बनाएपछि अहिले सिङ्गो थपुवा शोकको भुमरीमा छ । रसुवा भन्सार कार्यालय टिमुरे क्षेत्रमा पसिना बगाउँदै आएका ५३ वर्षीय शेरसिंह रोकाय, ५६ वर्षीया विष्णुमती रोकाय र उहाँहरूलाई भेट्न अनि गोसाइँकुण्ड दर्शन गर्न पुगेका १९ वर्षीय छोरा दीपक रोकाय बाढीसँगै हराएका छन् ।

बुढेसकालको सहारा मानिएका एक्ला छोरा, जीवनका आधार बनेका दाजु र भाउजू एकैपटक बेपत्ता भएपछि अनलाल रोकायको घरमा यतिबेला सन्नाटा र आँसु मात्रै बाँकी छ । ढोकाको सङ्घारमा आँखा ओछ्याएर ‘कतै फर्किहाल्छन् कि !’ भन्ने झिनो आशा र मनभित्रको असह्य पीडाबीच अनलालको परिवार विछोडको भारी थाम्न विवश छ ।

अर्कोतर्फ रोजीरोटीका लागि रसुवा पुगेका आराम दमार्इं र उजना दमार्इं पनि सोही बाढीमा परी बेपत्ता भएपछि उहाँहरूको घरको दियो नै निभेझैँ भएको छ । १६ वर्षीय सुभाष नेपाली, ११ वर्षीय भाइ अश्विन र ९ वर्षीया बहिनी स्मारिका दिनभर टोलाउँदै आमा–बुबा फर्किने बाटो हेरिरहन्छन् । तीजको यो उज्यालो मौसममा यी अबोध बालबालिकाको कलिलो जीवन रातारात अँध्यारो सुरुङभित्र खसेको छ ।

स्थानीयवासी टेकराज जैसीका अनुसार यो अकल्पनीय शोकले गाउँका कसैको पनि मनमा चाडपर्वको उमङ्ग छाएको छैन । “गाउँका पाँच–पाँच जना सदस्य बेपत्ता हुँदा सिङ्गो गाउँ नै असह्य पीडामा छ, यस्तो बेला तीज कसरी मनाउनु ?”, उहाँ भन्नुहुन्छ, “गाउँलेले यतिबेला पर्वको तडकभडक त्यागेर पीडित परिवारको घाउमा मलम लगाउने प्रयास गरिरहेका छन् ।”

नेपालगञ्ज–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले बेपत्ताहरूको खोजी जारी राख्न र पीडित परिवार, विशेषगरी सहाराविहीन बनेका आराम र उजनाका बालबालिकाको पालनपोषण तथा शिक्षाका लागि आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

“यसपालिको तीजमा थपुवागाउँले गीत र नृत्य होइन, वियोग र प्रार्थना रोजेको छ,” उहाँले भन्नुभयो, “हराएका ती प्यारा अनुहारहरू कतैबाट सकुशल फर्किऊन् भन्ने आशामा रहेका छौँ ।”

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार रसुवाको भोटेकोशी बाढीपश्चात् जिल्लाका २३ व्यक्ति हालसम्म पनि बेपत्ता रहेका छन् । तीनजनाको शव सनाखत भई मृत्यु घोषणा भएको छ भने ३२ जनाको सकुशल उद्धार भइसकेको छ ।  रासस