२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

प्रदेशका सरकारी भवनको बीमा गरिँदै

प्रदेशका सरकारी भवनको बीमा गरिँदै
अ अ+ अ-

हेटौँडा। बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ ।

प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने क्षतिको आर्थिक भार न्यूनीकरण गर्न भवनको बीमा गर्ने प्रस्ताव आगामी मन्त्रिपरिषद् बैठकमा पेस गर्ने तयारी गरिएको हो ।

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री तथा प्रदेश सरकारका प्रवक्ता भरतबहादुर केसीले सरकारी भवनमा हुने जोखिमलाई बीमामार्फत हस्तान्तरण गर्ने अवधारणाअनुसार प्रक्रिया अघि बढाउन लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश मातहतका सरकारी भवनको विवरण, मूल्याङ्कन तथा सम्भावित जोखिम समेटेर आवश्यक कार्यविधि तयार गरिनेछ ।

“हाम्रा सम्पूर्ण सरकारी भवनको जोखिम हस्तान्तरण गर्नुपर्छ, अर्थात् भवनलाई बीमाको दायरामा ल्याउनुपर्छ भन्ने सोचसहित प्रक्रिया अगाडि बढाएका छौँ,” मन्त्री केसीले भन्नुभयो, “आगामी मन्त्रिपरिषद् बैठकमा यससम्बन्धी विषय प्रस्तुत गरेर निर्णय गर्ने तयारी छ ।”

उहाँले नेपाल भूकम्प, बाढी, पहिरोलगायत प्राकृतिक विपद्को जोखिममा रहेकाले सरकारी सम्पत्तिको संरक्षणका लागि बीमा आवश्यक रहेको बताउनुभयो । विगतमा विपद्बाट सरकारी संरचनामा क्षति भए पनि बीमा नभएका कारण क्षतिपूर्ति प्राप्त गर्न नसकिएको उहाँको भनाइ छ ।

मन्त्री केसीका अनुसार भूकम्प, बाढी तथा पहिरोलगायत जोखिमलाई समेट्ने गरी बीमाको स्वरूप निर्धारण गरिनेछ । प्रदेशसँग सरकारी भवनसम्बन्धी तथ्याङ्क रहेको र त्यसलाई थप व्यवस्थित गरी भवनको मूल्य तथा सम्भावित जोखिमका आधारमा बीमाको प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो ।

सरकारी भवनको बीमाका लागि चालु आर्थिक वर्षमा छुट्टै शीर्षकमा बजेट विनियोजन भने गरिएको छैन । विपद् व्यवस्थापनतर्फ विनियोजित बजेटबाट आवश्यक रकम व्यवस्थापन गर्न सकिने मन्त्री केसीले जानकारी दिनुभयो ।

“यसका लागि छुट्टै बजेट राखिएको छैन तर विपद् व्यवस्थापनतर्फ बजेट छ,” उहाँले भन्नुभयो, “सरकारी सम्पत्तिको जोखिम हस्तान्तरण अब अनिवार्य रूपमा अघि बढाउनुपर्ने विषय हो ।”

प्रदेश सरकारले सरकारी सवारीसाधनको बीमा नवीकरणलाई समेत व्यवस्थित गर्ने तयारी गरेको छ । सरकारी सवारीसाधनको बीमा गरिए पनि कतिपय अवस्थामा समयमा नै नवीकरण नगर्ने प्रवृत्ति देखिएको उल्लेख गर्दै मन्त्री केसीले त्यस्तो कमजोरी सुधार गरिने बताउनुभयो । रासस