२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

थारू समुदायमा अट्वारीको रौनक

थारू समुदायमा अट्वारीको रौनक
अ अ+ अ-

दाङ। लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी आइतबार अट्वारी पर्वकालागि चाहिने रोटी आफैँ बनाउन व्यस्त हुनुहुन्थ्यो । उहाँले रोटी र अन्य परिकार बनाएर आफँैले पूजाआजा पनि गर्नुभयो ।

त्यस्तै, तुलसीपुर–१२ का वडाध्यक्ष खुसीराम चौधरी दिनभर अट्वारीमै व्यस्त हुनुभयो । उहाँले अनदी (अन्डी)को रोटी, खुर्मा, फुलौरी, बरियालगायतका परिकार बनाउनुभयो । उहाँहरूमात्रै होइन, दाङसहित पश्चिम नेपालको थारू समुदाय आइतबार यसरी नै व्यस्त थिए ।

कृष्ण जन्माष्टमी पर्वपछिको दोस्रो साताको आइतबार यसरी नै थारू समुदायले अट्वारी मनाउने गर्छन् । आइतबार नै मनाइने हुँदा पर्वको नाम पनि ‘अट्वारी’ नामकरण हुन गएको वडाध्यक्ष खुसीराम चौधरीले बताउनुभयो ।

उहाँका अनुसार शनिबार राति अर्थात् अघिल्लो दिन दर खाने गरिन्छ । त्यसपछि आइतबार आधा दिनसम्म व्रत बस्ने गरिन्छ । व्रतपछि पूजा गर्ने गरिन्छ । पूजा गरिसकेपछि फलफूलमात्रै उपभोग गर्ने चलन रहेको चौधरीले बताउनुभयो । तर सूर्यास्तपछि खानपान पूरै बन्द गर्नुपर्ने हुन्छ ।

त्यसपछि, सोमबार बिहानै पूजापाठ अर्थात् ‘फलहार’ गरिन्छ । बनाइएको विभिन्न परिकारलाई दुई भागमा छुट्याइन्छ । छुट्याएको भाग चेलीबेटीलाई अग्रासन (कोसेली) स्वरूप दिनका लागि राखिन्छ भने एक भाग बर्तालुहरूले उपभोग गर्ने गरिन्छ । भोजन ग्रहणपश्चात् अग्रासन दिन जाने प्रचलन रहेको छ ।

विवाहित चेलीबेटी माइती घरको अग्रासनको पर्खाइमा बसेका हुन्छन् । विवाहित चेलीहरू माइती घरबाट दाजुभाइले दिन जाने अग्रासनले नै आफ्नो भोक मेट्ने गर्दछन् । विभिन्न परिकारको पोकोसहित अग्रासन दिन जाने दाजुभाइ दिदीबहिनीलाई विवाहित चेलीहरू मानसम्मान गर्ने उत्तिकै चलन थारू समुदायमा रहेको छ । तर, पछिल्लो समय यो चलन हराउँदै जान थालेको छ ।

किन मनाइन्छ अट्वारी ?

थारू जातिले महाभारतका प्रमुख पात्र पाँच पण्डवमध्येका माइलो भाइ भीमको पूजाआजा गर्दछन् । थारू समुदायको बसोबास रहेको तराईमा एउटा राक्षसले उत्पात मच्चाउने, दुःख दिने, चेलीमाथि जबर्जस्ती गर्ने काम गरिरहेको थियो । त्यही बेला भेवा (भीम) तराई घुम्न आउँदा त्यो कुरा देखेपछि उनले मुक्ति दिलाएको भन्ने किंवदन्तीलाई आधार मानेर भेवाको पूजा गर्ने गरिन्छ ।

त्यसैगरी, अर्को किंवदन्तीअनुसार पनि यो पर्वलाई मनाउने गरिन्छ । कुनै बेला द्रौपतिसहित पाँच पाण्डवहरू सुर्खेतको काँक्रेविहार घुम्न पुगेका थिए । थारू राजा दङ्गीशरण र पाँच पाण्डवबीच निकै घनिष्ठता बढेको थियो । एक समय, भीमले रोटी पकाइरहँदा राजा दङ्गीशरणको राज्यमाथि शत्रुले आक्रमण गरे ।

बलवान र पराक्रमी भीमले तावामा रोटी हालेर सहयोग गर्न जाँदा गाउँभरिका मानिसहरूले तावामा हालेको उनको रोटी पल्टाउने प्रयास गरे तर सकेनन् । अन्ततः भीमले राजा दङ्गीशरणलाई सहयोगपश्चात् फर्केपछि मात्रै तावाको रोटी झिकेको भनाइ छ । उक्त सहयोग गरेको दिन आइतबार परेकाले पनि अट्वारी पर्व आइतबार मनाउने प्रचलन कायम भएको थारू अगुवा खुसीराम चौधरीको भनाइ छ । रासस