२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

एक सय ८४ हप्तादेखि निरन्तर हाटबजार

एक सय ८४ हप्तादेखि निरन्तर हाटबजार
अ अ+ अ-

तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा सञ्चालन हुँदै आएको साप्ताहिक हाटबजार १८४औँ हप्ता पुगेको छ ।

हाटबजार किसानका उत्पादन सहज रूपमा बारीबाट बजारसम्म पुर्याउने माध्यम बनेको छ । विसं २०७९ फागुनदेखि सुरु भएको यो हाटबजार अहिले स्थानीय बासिन्दा, किसान र साना व्यवसायीका लागि महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित भएको छ ।

हरेक शुक्रबार लाग्ने यस हाटबजारमा बिहानैदेखि चहलपहल सुरु हुन्छ । गाउँघरमा उत्पादन भएका तरकारी, फलफूल, अन्नबाली, दाल, अचार, घिउ, मह, घरेलु परिकारदेखि लिएर हस्तकलाका सामग्रीसम्म बिक्रीका लागि ल्याइन्छन् । स्थानीय महिलाले तयार पारेका परम्परागत खाद्य परिकार पनि यहाँ विशेष आकर्षण बन्ने गरेका छन् ।

गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार हाटबजारले किसानलाई आफ्नो उत्पादन सिधै उपभोक्तासम्म पुर्याउने अवसर दिएको छ । “स्थानीय उत्पादनलाई बजारसँग जोड्ने प्रभावकारी माध्यम बनेको छ”, उहाँले भन्नुभयो । बिचौलियाबिना बिक्री हुने भएकाले किसानले उचित मूल्य पाउने र उपभोक्ताले ताजा सामान सस्तोमा पाउने अवस्था बनेको उहाँको भनाइ छ ।

आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीकी किसान सुकमाया चेपाङ पनि नियमित रूपमा हाटबजारमा सामान बेच्न आउनुहुन्छ । उहाँले गाउँमा उत्पादन भएको सागसब्जी, कोदो, मकै, घिउलगायतका सामग्री ल्याएर बिक्री गर्नुहुन्छ । “पहिले सामान बेच्न बजार टाढा जानुपथ्र्यो, खर्च पनि बढी हुन्थ्यो । अहिले यतै बेच्न पाइन्छ, आम्दानी पनि बढेको छ”, उहाँले खुसी व्यक्त गर्नुभयो ।

स्थानीय बासिन्दाका अनुसार हाटबजारले केवल व्यापारमात्र होइन, सामाजिक भेटघाटको थलोका रूपमा पनि काम गरिरहेको छ । शुक्रबार आउँदा गाउँभरिका मानिस भेटिन्छन्, कुराकानी हुन्छ, नयाँ जानकारी साटासाट हुन्छ । यसले गाउँमा चहलपहल बढाएको छ ।

साढे तीन वर्षको अवधिमै हाटबजार स्थानीय अर्थतन्त्र चलायमान बनाउने आधार बनेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले सुरु गरेको यो पहल अहिले किसान, साना व्यवसायी र उपभोक्ताबीचको प्रत्यक्ष सेतु बनेको छ । “स्थानीय उत्पादनलाई बजार नपाउँदा किसान निरास हुने अवस्था थियो, अहिले भने गाउँमै बिक्री हुने वातावरण बनेको छ”, अध्यक्ष चुमानले भन्नुभयो । हाटबजारले ग्रामीण अर्थतन्त्रमा नगद प्रवाह बढाएको र घरमै उत्पादन गरेर आम्दानी गर्ने संस्कार बलियो बनाएको उहाँको भनाइ छ ।

उहाँले हाटबजारलाई केवल किनबेच गर्ने स्थानमात्र नभई स्थानीय उत्पादन प्रवर्द्धन, स्वरोजगार सृजना र सामुदायिक जमघटको थलोका रूपमा पनि लिनुपर्ने बताउनुभयो । किसानको उत्पादनले उचित मूल्य पाउने, उपभोक्ताले ताजा सामान पाउने र गाउँमा आर्थिक गतिविधि बढ्ने भएकाले स्थानीयवासी यसलाई ‘गाउँको सानो बजार, ठूलो सहयोग’ भन्दै प्रशंसा गर्छन् ।

हाटबजारमा स्थानीय मह, गोलभेँडा, सिस्नु, गिठ्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मोही, सिब्लीगानलगायतका दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ । रासस