२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

सुदूरपश्चिममा छ वटा शीतभण्डार निर्माण सम्पन्न

सुदूरपश्चिममा छ वटा शीतभण्डार निर्माण सम्पन्न
अ अ+ अ-

कञ्चनपुर। सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा कृषि उपज भण्डारणका लागि छवटा शीतभण्डार (कोल्ड स्टोर) निर्माण सम्पन्न भएको छ । यस्तै, सातवटा निर्माणाधीन छन् ।

कृषि विकास निर्देशनालय दिपायलको तथ्याङ्कअनुसार सुदूरपश्चिमका अछाम र बाजुरामा २० मेट्रिक टन क्षमता कोल्ड स्टोर निर्माण सम्पन्न भइसकेको छ । यस्तै, दार्चुला, बैतडी र डडेल्धुरामा कोल्ड स्टोर निर्माणकार्य जारी छ ।

त्यसैगरी, डोटीको राजपुर र जोरायलमा आलु तथा तरकारी भण्डारणका लागि २० मेट्रिक टन क्षमताका दुईवटा कोल्ड स्टोर निर्माणाधीन अवस्थामा रहेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा ३० मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माणाधीन अवस्थामा रहेको छ भने दोधार चाँदनी नगरपालिकामा ३० मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण सम्पन्न भइसकेको छ ।

कैलालीको भजनी र चुरेमा २० मेट्रिक टन क्षमताका एक–एकवटा कोल्ड स्टोर निर्माणाधीन छन् । यस्तै, लम्कीचुहामा ३० मेट्रिक टन र गोदावरीमा सबैभन्दा बढी ३५० मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण सम्पन्न भएको कृषि विकास निर्देशनालय दिपायलले जनाएको छ ।

तेह्रवटा कोल्ड स्टोर निमार्णका लागि प्रदेश सरकारले रु आठ करोड १५ लाख ९१ हजार लागत अनुमान गरेकामा रु छ करोड ६२ लाख नौ हजारमा ठेक्का सम्झौता भएको थियो ।

हालसम्म रु चार करोड तीन लाख ८३ हजार खर्च भइसकेको छ । तेह्रवटा कोल्ड स्टोरमध्ये छवटा निर्माण सम्पन्न भएका छन् भने सातवटा निर्माणाधीन अवस्थामा रहेको निर्देशनालयका कृषि प्रसार अधिकृत केशवराज पाण्डेयले जानकारी दिनुभयो । “आलु तथा तरकारी भण्डारणका लागि निर्माण गरिएका कोल्ड स्टोरमा प्रि–कुलिङ च्याम्बरसमेत राखिएको छ”, उहाँले भन्नुभयो, “यी कोल्ड स्टोरले सुदूरपश्चिमका किसानको कृषि उपज भण्डारमा सहयोग पुग्छ ।”

दोधारा चाँदनीमा निर्माण सम्पन्न भएर सञ्चालनमा ढिलाइ भइरहेको कोल्ड स्टोर सञ्चालनमा ल्याउन पालिकाले प्रक्रिया अघि बढाएको छ ।

दोधारा चाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र जोशीले विद्युत् आपूर्तिको समस्याका कारण सञ्चालनमा आउन ढिलाइ भए पनि पालिकाले कोल्ड स्टोर सञ्चालनमा ल्याउन आवश्यक काम गरिरहेको बताउनुभयो । “कम भोल्टेजका कारण सञ्चालनमा आउन नसकेको हो, त्यसका लागि नयाँ ट्रान्सफार्मर खरिद गर्नुपर्ने छ”, उहाँले भन्नुभयो, “पालिकाले ट्रान्सफार्मर खरिद गरेर छिट्टै सञ्चालनमा ल्याउने तयारी गरेको छ ।”

कोल्ड स्टोर नहुँदा यहाँका किसानलाई कृषि उपज भण्डारण गर्न समस्या हुने गरेको थियो । कोल्ड स्टोर सञ्चालनमा आए यहाँका किसानलाई ठूलो सहयोग पुग्ने कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख हरिप्रसाद पनेरुले बताउनुभयो ।

जिल्लामा भण्डार सुविधा नहुँदा किसानले आलुको बीउ राख्नसमेत समस्या हुने गरेको उहाँले बताउनुभयो । सुदूरपश्चिम सरकारबाहेक यहाँको बेदकोट नगरपालिकामा सङ्घीय सरकारको सहयोगमा १५ हजार क्विन्टल क्षमताको कोल्ड स्टोर निर्माणाधीन छ । रासस