२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

१४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय

तोकिएको समयमा अघिवेशन गर्न नसक्ने स्थानिय नेतृत्वलाई पदमुक्त गर्ने तयारी

१४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनमार्फत निर्वाचित कार्यसमितिमा रहेका तर विशेष महाधिवेशनपछिको समितिमा नरहेका सबैलाई केन्द्रीय समितिमा राख्ने निर्णय गरेको छ ।

आईतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले केन्द्रीय सदस्यको रुपमा समितिमा आउने बाटो खुलाउने निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभएको हो । उहाँका अनुसार अब यसअघि विशेष महाधिवेशनपछि केन्द्रीय कार्यसमिति बाहिर रहेका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूले केन्द्रीय सदस्यको हैसियत पाउनेछन् ।

निवर्तमान सभापति शेरबहादुर देउवा समूहले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिमा समायोजन गर्नुपर्ने माग राख्दै आएका थिए । उहाँले वडा तहको अधिवेशन असोज ३ र ४ गते सम्पन्न गरिसक्ने निर्णय गरेको पनि बताउनुभयो । उहाँले केन्द्रीय महाधिवेशनको उद्घाटन काठमाडौंको खुला मञ्चमा गर्ने र बन्द सत्र पनि त्यहीँ आयोजना गर्ने निर्णय भएको बताउनुभयो । उहाँले महाधिवेशनमा सबैको सहभागिता सुनिश्चित गर्न संवाद, सहकार्य र सहमतिको प्रयास जारी राख्ने निर्णय पनि भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बैठकले विशेष गरेर नेपाली कांग्रेस पार्टीको १५औँ महाधिवेशन, राष्ट्रिय महाधिवेशन असोज १६, १७, १८, १९ गते सम्पन्न गर्नेगरी वडा अधिवेशन ३ र ४ शुरु गर्ने अन्तिम निर्णय गरियो । यो अधिवेशन ऐतिहासिक ठाउँ २०३६ सालमा हाम्रा जननेता बिपी कोइरालाले नेपाली जनताको स्वतन्त्रता र अधिकारको लागि उद्घोष गरेको ठाउँ, गणेशमानजीले नेपाली जनतालाई ४६ सालको आन्दोलनमा नेतृत्व दिएको ठाउँ खुला मञ्चमा उद्घाटन गर्ने निर्णय पनि गरेका छौँ । बन्द सत्र पनि त्यहीँ गर्ने निर्णय गरेका छौँ । विधानले तोकिएको व्यवस्थाअनुसार अधिवेशनलाई सुसम्पन्न गर्नुपर्ने तहगत निकायहरूले आफ्ना कर्तव्यहरू, जिम्मेवारीहरूलाई पूरा गर्नेछन् । सबैको सहभागिता सुनिश्चित होस् भनेर संवाद, सहकार्य र सहमतिको अधिकतम लचकदार प्रयास गरेका छौँ । जो १४औँ महाधिवेशनमा निर्वाचित हुनुहुन्थ्यो । ती साथीहरू १५औँमा हुनुहुन्न । विशेष अधिवेशनपछि हुनुहुन्न । १४औँ महाधिवेशनमा हुनुहुन्थ्यो, त्यसमा के गरिएको छ भने महाधिवेशन प्रक्रियामा सहभागी हुँदा विशेष केन्द्रीय महाधिवेशन सम्पन्न हुनुपूर्व पार्टीका तत्कालीन केन्द्रीय कार्यसमपतिका साथीहरूलाई केन्द्रीय कार्यसमितिको सदस्यको हैसियतमा सहभागिताका लागि विधानबमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय बैठकले गरेको छ । उहाँहरुले भाग लिन पाउनुहुन्छ । विधानमा भएको व्यवस्था भनेका छौँ । यसको प्रक्रिया छ, केही बाधा अड्काउ फुकाउनुपर्ने छ, मनोनित गर्नुपर्ला, सोहीअनुसार अघि बढ्छौँ ।’

यसैबिच काग्रेसले तोकिएको समय भित्र अधिवेशन गर्न नसक्ने जिल्ला , नगर र वडा तहका सभापति तथा संयोजकहरु लाई पदमुक्त गर्न प्रक्रिया अघि बढाउने भएको छ । एक केन्द्रीय सदस्यका अनुसार निर्धारित समयमा अधिबेशन सम्पन्न गर्न वा नसके पद त्याग गर्न सोमबार पत्र पठाउने तयारी भै रहेको छ । हाल सम्म ७ जिल्ला सभापतिले अधिवेशन गर्न नसक्ने जानकारी गराएका छन् । ती सदस्यले भन्नुभयो “सम्भवत सभापति गगन थापाले एक, दुई दिन भित्र पत्र पठाउनु हुन्छ होला , उहाँहरुले नसके अर्को संयोजक तोकेर रोकिएका अघिवेशनहरु सुरु हुन्छ ।”

कांग्रेसले १६ देखि १९ असोजसम्म १५औं महाधिवेशनको मिति तोकेको छ । असोज ३ र ४ गते वडा तहको अधिवेशनको मिति तोकिएको छ । पार्टीले यसअघि नै गत पुसमा क्रियाशील नवीकरण गरेका तर प्राविधिक रुपमा अद्यावधिक नभएकाहरुलाई समेत महाधिवेशनमा सहभागि गराउने निर्णय गरिसकेको छ ।