२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली

प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली
अ अ+ अ-

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी, सङ्कीर्णतावादी तथा स्वतन्त्रताविरोधी कदम लामो समय टिक्न नसक्ने दाबी गर्नुभएको छ ।

जनचेतना र राजनीतिक परिवर्तनको प्रभाव निकै अघि बढिसकेको भन्दै उहाँले यस्ता कदमले परिवर्तनको यात्रालाई लामो समय रोक्न नसक्ने बताउनुभएको हो ।

आईतवार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा छापा माध्यम बचाउ सुझाव कार्यदलले बुझाएको ध्यानाकर्षणपत्र ग्रहण गर्दै ओलीले नेपाली जनताको सङ्घर्ष निरन्तर उपलब्धितर्फ अघि बढिरहेको बताउनु भयो ।

उहाँले नेपालको राजनीतिक परिवर्तनको यात्रामा कहिले राणा शासन, कहिले पञ्चायत र कहिले अधिनायकवादी सोचले अवरोध पु¥याए पनि जनताको सङ्घर्ष नरोकिने बताउनु भयो ।

कहिलेकाहीँ आन्दोलन सुस्त भएको वा अवरोध आएको देखिए पनि त्यसलाई स्थायी रोकावटका रूपमा लिन नहुने उहाँको भनाइ छ ।

उहाँले राणा शासन १०४ वर्ष र पञ्चायत व्यवस्था ३० वर्ष चलेको तथा ज्ञानेन्द्रले २०६१ माघ १९ मा प्रत्यक्ष शासनको प्रयास गरे पनि २०६३ वैशाख ११ मा त्यसको अन्त्य भएको स्मरण गर्नुभयो ।

त्यसपछि २०६५ जेठ १५ गते राजतन्त्र नै समाप्त भएको उल्लेख गर्दै उहाँले राजनीतिक परिवर्तनलाई उल्ट्याउने प्रयास लामो समय सफल हुन नसक्ने बताउनु भयो । ओलीले अहिलेको जनचेतनाको स्तर र राजनीतिक परिवर्तनको ऐतिहासिक महत्त्व जनताले बुझेका कारण परिवर्तनको यात्रालाई लामो समय रोक्न सम्भव नरहेको दाबी गर्नुभयो । उहाँले समर्थक तथा नागरिकलाई धैर्य राख्न आग्रह गरे पनि निष्क्रिय भएर पर्खेर नबस्न सुझाव दिनुभयो । संघर्षबाट पछि हटे उपलब्धि गुम्न सक्ने भन्दै उहाँले निरन्तर आवाज उठाउन आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘मैले अघि नै भनेँ, हामी लामो समयदेखि सङ्घर्ष गर्दै आएका छौँ र उपलब्धि हासिल गर्दै यो ठाउँसम्म आइपुगेका छौँ । हाम्रो सङ्घर्षमा कहिलेकाहीँ अवरोध आएको छ, गति सुस्त भएको छ, अधिनायकवादी सोच र व्यवस्थाले रोकेको छ । राणा शासनदेखि पञ्चायतसम्म र त्यसपछि पनि विभिन्न समयमा हाम्रो यात्रालाई रोक्ने प्रयास भए । तर अहिले जनचेतना जुन स्तरमा पुगेको छ र स्वतन्त्रता तथा परिवर्तनको ऐतिहासिक महत्त्व जनताले जुन रूपमा बुझेका छन्, त्यस अवस्थामा प्रतिगामी वा स्वतन्त्रताविरोधी कदमले लामो समयसम्म टिक्न सम्भव छैन । राणा शासन १०४ वर्ष टिक्यो, पञ्चायत करिव ३० वर्ष टिक्यो र ज्ञानेन्द्रको प्रत्यक्ष शासन पनि लामो समय टिक्न सकेन । इतिहासले देखाइसकेको छ । जनताको चेतना र परिवर्तनको चाहनालाई लामो समय रोक्न सकिँदैन । त्यसैले म तपाईंहरूलाई धैर्य गर्न आग्रह गर्छु, तर पर्खेर बस्न होइन । आफ्नो आवाज निरन्तर उठाइरहनुपर्छ । लक्ष्मीप्रसाद देवकोटाको कविताको एउटा भाव छ–‘नलडी कोही हुँदैन विजेता । त्यसैले गिभअप नगर्नुहोस्, ह्यान्ड्सअप नगर्नुहोस् । तपाईंहरूको आवाज सही छ । त्यसलाई निरन्तरता दिनुहोस् ।’

उहाँले अधिकार र स्वतन्त्रताको पक्षमा उठेको आवाजलाई निरन्तरता दिन आग्रह गर्दै संघर्षबाट ‘गिभ अप’ वा ‘ह्यान्ड्स अप’ गरे परिवर्तनको सम्भावना समाप्त हुने बताउनु भयो । –न्युज एजेन्सी नेपाल