२८ भाद्र २०८३, आईतवार
,
Latest
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी ‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी



अ+ अ-

काठमाडौं । अर्थराजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले रसुवा बाढीपछिको पुनर्निर्माण तथा पुनस्र्थापनामा सरकार बाह्य सहयोगमा मात्रै निर्भर हुन नहुने बताउनुभएको छ ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले विगतमा पुनर्निर्माणका नाममा नेपालले विदेशी सहयोगका लागि ‘मगन्ते’ बनेर हिँड्ने प्रवृत्ति दोहोर्‍याउन नहुनेमा जोड दिनुभयो । नेपालसँग उपलब्ध आन्तरिक स्रोत र नागरिकको मेहनतबाटै बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनस्र्थापनाका धेरै काम गर्न सकिने उहाँको भनाइ छ ।

विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र एसियाली विकास बैंक (एडीबी) लगायतका अन्तर्राष्ट्रिय संस्थाबाट सहयोग लिँदा विभिन्न सर्तहरू आउन सक्ने भन्दै सुवेदीले सरकारले बाह्य सहयोग परिचालन गर्दा राष्ट्रिय हितलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

उहाँले सरकारले उपयुक्त नीति तथा वातावरण निर्माण गरिदिए निजी तथा कर्पोरेट क्षेत्रले बाढीबाट भएको क्षति आफैँ पुनः उठाउन सक्ने दाबी गर्नुभयो । निजी सम्पत्तिमा भएको क्षति व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय गैरसरकारी दाता संस्थाबाट समेत स्रोत परिचालन गर्न सकिने उहाँको भनाइ छ ।

नेपालभित्रै निजी क्षेत्रलाई उदार वातावरण सिर्जना गरी पुँजी परिचालन गर्न सके बाढीबाट विस्थापित नागरिकको पुनर्वासमा समेत निजी क्षेत्रले महत्वपूर्ण योगदान गर्न सक्ने उहाँले बताउनुभयो । अहिले बाढीका कारण उठीबास भएका नागरिकलाई उनीहरूको आफ्नै मेहनत र उपयुक्त आर्थिक वातावरणमार्फत केही वर्षभित्र पुनर्वास गर्न सकिने उहाँको दाबी छ ।

सुवेदीले भन्नुभयो, ‘हामी यो पुनर्निर्माणका लागि अहिले मगन्ते हुने सम्भावना मैले देखिरहेको छु । पहिलेका सरकारहरू जस्तै नहुनलाई म अनुरोध गर्छु । हाम्रो आन्तरिक स्रोतले नै अहिले धेरै कुरा निर्माण गर्न सक्छौँ ।’

उहाँले बाह्य स्रोत परिचालन आवश्यक परे पनि नीति र विधि स्पष्ट बनाएर मात्रै सहयोग लिनुपर्ने बताउनुभयो । पुनर्निर्माणका क्रममा वातावरण तथा अन्य विषयलाई आधार बनाएर अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले विभिन्न सर्त अघि सार्न सक्ने भन्दै उहाँले त्यसप्रति सरकार सचेत हुनुपर्ने धारणा राख्नुभयो ।

‘सरकारले अलिकति नीति बनाइदियो भने यसपालि कर्पोरेट सेक्टरको जुन क्षति भएको छ, त्यो कर्पोरेट सेक्टर आफैँले रिभाइभ गराउन सक्छ,’ उहाँले भन्नुभयो ।

उहाँले निजी सम्पत्तिमा भएको क्षति व्यवस्थापनका लागि विश्वभर रहेका गैरसरकारी दाता संस्थालाई परिचालन गर्न पनि सरकारको ध्यान जानुपर्ने बताउनुभयो । नेपालमा निजी क्षेत्रले सहज रूपमा पुँजी परिचालन गर्ने वातावरण बनेमा बाढी प्रभावित नागरिकको पुनर्वासमा समेत त्यसले सहयोग पुर्‍याउने उहाँको भनाइ छ ।

यसैगरी, सुवेदीले बाढीपछिको पुनर्निर्माणमा जल उत्पन्न प्रकोप व्यवस्थापन र जलस्रोतको राष्ट्रिय स्वार्थलाई प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिनुभएको छ । जलवायु न्यायका विषयमा हुने अन्तर्राष्ट्रिय बहसमा नेपालले आफ्ना तत्कालीन राष्ट्रिय हित, जलस्रोतको व्यवस्थापन र उपयोगलाई केन्द्रमा राख्नुपर्ने उहाँको धारणा छ ।

उहाँका अनुसार जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका क्षतिलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउनु आवश्यक भए पनि त्यसलाई नेपालको दीर्घकालीन जलस्रोत नीति र राष्ट्रिय हितसँग जोडेर अघि बढाउनुपर्छ ।