२८ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी ‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर



अ+ अ-

काठमाडौँ काठमाडौँ महानगरपालिकाले सहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान सञ्चालन गर्ने भएको छ।

वर्षाको पानीलाई सकेसम्म सङ्कलन गरी जमिनमै पुनर्भरण गर्ने उद्देश्यले महानगरले ‘रिचार्ज काठमाडौँ’ अभियान अघि बढाउन लागेको हो। महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आइतबार काठमाडौँ महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै अभियानबारे जानकारी दिएकी हुन्।

डंगोलले काठमाडौँमा थोरै पानी पर्दासमेत बाढी आउने अवस्था सिर्जना हुन थालेकाले यसको दीर्घकालीन समाधान खोज्नुपर्ने बताइन्। सहरी बाढीको समस्या समाधानका लागि महानगरले अध्ययनसमेत गरिरहेको उनले जानकारी दिइन्।

उनका अनुसार विगतमा सहरी क्षेत्रमा गरिएका विकास तथा संरचना निर्माणका कारण उत्पन्न भएका समस्या क्रमशः सुधार गर्दै लैजान आवश्यक छ। करिब तीन दशकअघि सुरु भएका सहरी समस्या पछिल्लो समय ‘अर्बन फ्ल्यास फ्लड’का रूपमा देखिन थालेको उनको भनाइ छ।

काठमाडौँमा वर्षाको पानीलाई जमिनमै पुनर्भरण गर्ने उद्देश्यले वर्षाको पानी सङ्कलन तथा पुनर्भरणसम्बन्धी कार्यक्रम सञ्चालन गरिने डंगोलले बताइन्। त्यसका लागि ‘रेन वाटर हार्भेस्टिङ’ तथा ‘रिचार्ज’का कार्यक्रम अघि बढाइने उनले जानकारी दिइन्।

अहिले गर्न सकिने कामबाटै समाधानको सुरुवात गर्नुपर्नेमा जोड दिँदै डंगोलले ‘रिचार्ज काठमाडौँ’ अभियान अघि बढाउन लागिएको बताइन्। सहरी बाढीको दीर्घकालीन समाधानका उपायबारे भइरहेको अध्ययनका आधारमा थप कार्यक्रम अघि बढाइने उनले स्पष्ट पारिन्।

पछिल्लो समय वर्षा हुनेबित्तिकै काठमाडौँका विभिन्न क्षेत्रमा बाढीको जोखिम बढ्दै गएको भन्दै डंगोलले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्।