२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर

वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान सञ्चालन गर्ने भएको छ।

वर्षाको पानीलाई सकेसम्म सङ्कलन गरी जमिनमै पुनर्भरण गर्ने उद्देश्यले महानगरले ‘रिचार्ज काठमाडौँ’ अभियान अघि बढाउन लागेको हो। महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आइतबार काठमाडौँ महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै अभियानबारे जानकारी दिएकी हुन्।

डंगोलले काठमाडौँमा थोरै पानी पर्दासमेत बाढी आउने अवस्था सिर्जना हुन थालेकाले यसको दीर्घकालीन समाधान खोज्नुपर्ने बताइन्। सहरी बाढीको समस्या समाधानका लागि महानगरले अध्ययनसमेत गरिरहेको उनले जानकारी दिइन्।

उनका अनुसार विगतमा सहरी क्षेत्रमा गरिएका विकास तथा संरचना निर्माणका कारण उत्पन्न भएका समस्या क्रमशः सुधार गर्दै लैजान आवश्यक छ। करिब तीन दशकअघि सुरु भएका सहरी समस्या पछिल्लो समय ‘अर्बन फ्ल्यास फ्लड’का रूपमा देखिन थालेको उनको भनाइ छ।

काठमाडौँमा वर्षाको पानीलाई जमिनमै पुनर्भरण गर्ने उद्देश्यले वर्षाको पानी सङ्कलन तथा पुनर्भरणसम्बन्धी कार्यक्रम सञ्चालन गरिने डंगोलले बताइन्। त्यसका लागि ‘रेन वाटर हार्भेस्टिङ’ तथा ‘रिचार्ज’का कार्यक्रम अघि बढाइने उनले जानकारी दिइन्।

अहिले गर्न सकिने कामबाटै समाधानको सुरुवात गर्नुपर्नेमा जोड दिँदै डंगोलले ‘रिचार्ज काठमाडौँ’ अभियान अघि बढाउन लागिएको बताइन्। सहरी बाढीको दीर्घकालीन समाधानका उपायबारे भइरहेको अध्ययनका आधारमा थप कार्यक्रम अघि बढाइने उनले स्पष्ट पारिन्।

पछिल्लो समय वर्षा हुनेबित्तिकै काठमाडौँका विभिन्न क्षेत्रमा बाढीको जोखिम बढ्दै गएको भन्दै डंगोलले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्।