२८ भाद्र २०८३, आईतवार
,
Latest
मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी ‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग



अ+ अ-
काठमाडाैँ । काभ्रेपलाञ्चोककाे पाँचखाल नगरका सामुदायिक स्वास्थ्य स्वयंसेविकाद्वारा तीजको दरखाने पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् । पाँचखाल-३, ४, ५ र ६ का स्वयंसेविकाले यही भदौ १० गते रसुवाको भोटेकोशी बाढीपीडितका लागि रु १५ हजार ५४५ सहयोग गरेका हुन् ।
बाढी प्रभावितका लागि केही राहत होस् भन्ने उद्देश्यले महिला स्वास्थ्य स्वयंसेविका ‘दिदीबैनी-समूह’द्वारा गरिने दरखाने कार्यक्रमबाट उक्त रकम छुट्याएर राहत कोषमा जम्मा गरिएको समुहको सदस्य सरस्वती भेटवालले बताउनुभयो ।
यसैगरी, नमोबुद्ध नगरका महिलाहरूले गत साता यस वर्षको तीज विशेष कार्यक्रम नगरी बाढीपीडितको सहयोगका लागि रु ९१ हजार ३४५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् । महिलाहरूले बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग गर्ने उद्देश्यले नगर महिला, बालबालिका तथा समाजकल्याण उपशाखाको नेतृत्वमा रकम जम्मा गरेका हुन् । नगरको महिला सञ्जालले तीजको खर्च कटाएर कोषमार्फत पीडितलाई सहयोग गर्ने निर्णय गरेको थियो ।
भोटेकोशी बाढीमा विभिन्न काम तथा भ्रमणका सिलसिलामा रहेका ३७ काभे्रपलाञ्चोकका नागरिक सम्पर्कविहीन अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अनुसार हालसम्म जिल्लाका ४७ बेपत्तामध्ये आठ जना परिवारको सम्पर्कमा आएका छन् भने दुई जनाको शव भेटिएको छ ।
भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो मात्रामा जनधनको क्षति पुगेको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त बाढीबाट हालसम्म एक हजार ३८५ को शव फेला परेको छ भने पाँच हजार १३० बेपत्ता भएका छन् । यस्तै, १३ हजार ६७६ को उद्धार गरिएको तथा सात हजार ६५५ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।