२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ



अ+ अ-

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले ४६औँ फिडे चेस ओलम्पियाडमा सहभागी खेलाडिलाई बिदाइ गर्नुभएको छ ।

नेपाल बुद्धिचाल महासङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रम उहाँले यही सेप्टेम्बर १४ देखि २८ गतेसम्म उज्वेकिस्तानको समरकाण्डमा आयोजना हुन लागेको प्रतियोगितामा सहभागी नेपाली खेलाडीलाई बिदाइ गर्नुभएको हो ।

कार्यक्रममा मुख्यमन्त्री थापामगरले प्रतियोगितामा विजेता खेलाडीलाई प्रदेश सरकारले पुरस्कार र सम्मान प्रदान गर्ने बताउनुभयो । उहाँले बागमती प्रदेश सरकारले खेलाडीको मन उच्च बनाउनका लागि खेलकुद क्षेत्रमा ठूलो लगानी गरेको उल्लेख गर्नुभयो । “खेलाडीले जित्नु भनेको देशले जित्नु हो, बुद्धिचाल प्रतियोगिता बुद्धि लगाएर खेल्नुपर्छ, उच्च मनोबलका साथ खेल्नुहोस्”, मुख्यमन्त्री थापामगरले भन्नुभयो ।

उहाँले बागमती प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका लागि प्रदेशभित्रका १३ जिल्ला र ११९ पालिकामा नै खेलकुदसम्बन्धी पूर्वाधार निर्माण गरिरहेको बताउनुभयो ।

कार्यक्रममा प्रतियोगितामा भाग लिन जान लागेका पाँच महिला खेलाडी कृतिसरा अधिकारी, पूजा भण्डारी, एन्जेल महर्जन, निहाना श्रेष्ठ, सिन्दिरा जोशी र पाँच पुरुष खेलाडी रूपेश जयसवाल, सुश्रुत दाहाल, पुरुषोत्तम सिलवाल, आशिष फुँयाल र राजन सुवेदीलाई बिदाइ गरिएको थियो ।