२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना

बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना
अ अ+ अ-

काठमाडौं । बाँके जिल्लामा गत आर्थिक वर्षमा दर्ता भएका नयाँ घरेलु उद्योग तथा वाणिज्य फर्महरूबाट दुई हजार ८०० बढी नयाँ रोजगारी सिर्जना भएका छन् ।

जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष २०८२/८३ मा उद्योग तथा वाणिज्य प्रशासनअन्तर्गत दर्ता भएका ६२७ उद्योग र ६२६ वाणिज्य फर्मबाट दुई हजार ८६१ जनाले नयाँ रोजगारी पाएका घरेलु तथा साना उद्योग कार्यालय बाँकेका निमित्त प्रमुख उद्योग अधिकृत मोहन घर्तिमगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक हजार ६८८ पुरुष र एक हजार १७३ महिलाका लागि रोजगारी सिर्जना भएको हो । यो अवधिमा ४३६ पुरुष र २३७ महिला गरी ६७३ जना नयाँ उद्यमी उत्पादन भएका छन् । गत आवमा ६२७ नयाँ उद्योग दर्ता भएसँगै बाँकेमा कुल उद्योग सङ्ख्या १५ हजार ८०७ पुगेको छ ।

यस अवधिमा एक हजार १०१ उद्योग नवीकरण भएका छन् भने २६५ उद्योग खारेजीमा परेका अधिकृत घर्तिमगरले जानकारी दिनुभयो । आव २०८१/८२ मा ६५७ दर्ता, एक हजार ४२ नवीकरण र ३०९ खारेजी भएका थिए । वाणिज्यतर्फ ६२६ नयाँ फर्म दर्ता भई कुल दर्ता सङ्ख्या २१ हजार ९८० पुगेको छ । एक हजार ६८८ फर्म नवीकरण र ३५६ फर्म खारेज भएका निमित्त प्रमुख उद्योग अधिकृत घर्तिमगरले बताउनुभयो ।

आव २०८१/८२ मा ७१२ दर्ता, एक हजार ६६१ नवीकरण र ५२७ खारेजी भएका थिए । कार्र्यालयले व्यावसायिक नियमन तथा गुणस्तर कायम राख्न वर्षभरिमा सात पटक बजार अनुगमन र ११ पटक उद्योग निरीक्षण गरेको उहाँले जानकारी दिनुभयो । मगरका अनुसार आव २०८२/८३ मा कार्यालयका लागि विनियोजित कुल बजेट रु तीन करोड तीन लाख ९२ हजार रहेकामा कुल खर्च रु दुई करोड २५ लाख १२ हजार ९५० भएको छ ।

समग्र रूपमा यस कार्यालयको कुल वित्तीय प्रगति ७४ दशमलव शून्य आठ प्रतिशत हासिल भएको छ । गत आर्थिक वर्षमा कुल राजस्व सङ्कलन रु एक करोड ६३ लाख सात हजार ७९५ भएको उद्योग अधिकृत घर्तिमगरले जानकारी दिनुभयो । अघिल्लो आवमा रु एक करोड ९७ लाख ३१ हजार ७८५ राजस्व सङ्कलन भएको थियो ।

राजस्व सङ्कलन घट्नुको मुख्य कारण उद्योग तथा वाणिज्यको नयाँ दर्तामा आएको सामान्य शिथिलता, स्थानीय तहमा दर्ता सुरुआत, प्रदेश सरकारबाट भएको छुट सुविधा र खारेजीमा वृद्धि हुनुलगायत रहेका निमित्त प्रमुख उद्योग अधिकृत घर्तिमगरको भनाइ छ ।