२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ

पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ
अ अ+ अ-

काठमाडौं । चिलीमा पूर्वसैन्य शासक अगस्टो पिनोचेको तानाशाहीका पीडितहरूको स्मरणमा आयोजित प्रदर्शनका क्रममा २८४ जना पक्राउ परेका छन् ।

सरकारले शनिबार यसको जानकारी दिएको हो । सन् १९७३ देखि १९९० सम्म चलेको पिनोचेको शासनले चिलीमा गहिरो राजनीतिक र सामाजिक घाउ छोडेको थियो । शासनको अन्त्यपछि पहिलोपटक यस वर्ष उक्त अवधिको सम्झनामा सरकारले कुनै आधिकारिक कार्यक्रम आयोजना नगरेको बताइएको छ ।

राष्ट्रपति जोसे एन्टोनियो कास्टले इतिहासलाई मेट्न नसकिने बताउँदै देशले विगतबाट पाठ सिकेर भविष्यतर्फ अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कास्टलाई मार्चमा पदभार सम्हालेका पिनोचेपछिका चिलीका पहिलो अति–दक्षिणपन्थी राष्ट्रपतिको रुपमा हेरिन्छ । पिनोचेको शासनकालमा तीन हजार २०० भन्दा बढी मानिस मारिएका वा बेपत्ता पारिएका थिए भने हजारौँलाई यातना दिइएको वा जेलमा राखिएको थियो ।

समाजवादी राष्ट्रपति साल्भाडोर एलेन्डेको सरकारविरुद्ध पिनोचेको नेतृत्वमा ११ सेप्टेम्बर १९७३ मा भएको सैन्य ‘कू’को सम्झनामा चिलीमा हरेक वर्ष प्रदर्शन हुँदै आएको छ । यस वर्षका प्रदर्शनमा केही प्रदर्शनकारीले दङ्गा नियन्त्रण प्रहरीमाथि लाठी र ढुङ्गा प्रहार गरेका थिए । प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर उनीहरूलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो ।

सार्वजनिक सुरक्षामन्त्री मार्टिन अराउले ‘एक्स’मार्फत बिहीबार र शुक्रबार गरी २८४ जना पक्राउ परेका जानकारी दिनुभयो । उहाँका अनुसार यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ८० प्रतिशत बढी हो । पक्राउ पर्नेमा १६ विदेशी नागरिक र ३१ नाबालिग पनि छन् ।

प्रदर्शनका क्रममा १९८ वटा हिंसात्मक घटना भए पनि सर्वसाधारण घाइते नभएको उहाँले बताउनुभयो । सान्टियागोको ‘जेनेरल सिमेट्री’मा भएको प्रदर्शन सबैभन्दा ठूलो थियो । त्यहाँ एलेन्डे परिवारको समाधिस्थल रहेको छ र ¥यालीमा वामपन्थी पूर्वराष्ट्रपति गाब्रियल बोरिक पनि सहभागी हुनुभयो ।

राष्ट्रपति भवन ‘ला मोनेडा प्यालेस’ तथा ‘नेशनल स्टेडियम’मा पनि स्मृति कार्यक्रम आयोजना गरिए । पिनोचेको शासनकालमा नेशनल स्टेडियमलाई बन्दी बनाउने र यातना दिने स्थलका रूपमा प्रयोग गरिएको थियो ।