२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

एनएसी भवनलाई बहुमञ्जिला पार्किङ बनाउन महानगरको प्रस्ताव

एनएसी भवनलाई बहुमञ्जिला पार्किङ बनाउन महानगरको प्रस्ताव
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्युरोडस्थित नेपाल वायुसेवा निगम (एनएसी)को भवनलाई बहुमञ्जिला पार्किङका रूपमा विकास गर्न सङ्घीय सरकारसँग अनुमति मागेको छ।

काठमाडौँमा बढ्दो पार्किङ समस्या समाधान गर्न सीमित स्थानको अधिकतम सदुपयोग गर्ने उद्देश्यले एनएसी भवनलाई बहुमञ्जिला पार्किङमा परिणत गर्ने प्रस्ताव अघि बढाइएको महानगरपालिकाले जनाएको हो।

आइतबार काठमाडौँ महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रममा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले एनएसी भवनलाई बहुमञ्जिला पार्किङ बनाउन अनुमति दिन सङ्घीय सरकारसँग विशेष अनुरोध गरिएको जानकारी दिइन्।

उनका अनुसार एनएसी भवनमा बहुमञ्जिला पार्किङ निर्माण गर्न सकिएमा विशेषगरी काठमाडौँको कोर एरियामा देखिएको पार्किङ समस्या समाधान गर्न महत्वपूर्ण सहयोग पुग्ने महानगरको विश्वास छ।

डंगोलले काठमाडौँभरको पार्किङ समस्या र त्यसको व्यवस्थापनबारे महानगरपालिकाले अध्ययन गरिरहेको पनि बताइन्। विज्ञमार्फत भइरहेको अध्ययनको प्रतिवेदन केही समयभित्र प्राप्त हुने र त्यसमा दिइएका सुझावका आधारमा पार्किङ व्यवस्थापनको योजना अघि बढाइने उनले जानकारी दिइन्।

उनले काठमाडौँको क्षेत्रफल सीमित रहेकाले पार्किङका लागि नयाँ ठाउँ खोज्नुभन्दा उपलब्ध स्थानको उचित र अधिकतम सदुपयोग गर्नुपर्ने आवश्यकता रहेको बताइन्। बढ्दो पार्किङ समस्या समाधानका लागि महानगरपालिकाले अब पार्किङ व्यवस्थापनलाई थप व्यवस्थित र प्रणालीगत ढङ्गले अघि बढाउने उनको भनाइ छ।

“पार्किङको समस्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। यसको व्यवस्थापन गर्नुबाहेक हामीसँग अर्को विकल्प छैन,” डंगोलले भनिन्, “उपलब्ध ठाउँको सही सदुपयोग गरेर पार्किङ व्यवस्थापन गर्नु आजको आवश्यकता हो। त्यसै सन्दर्भमा न्युरोडस्थित एनएसी भवनलाई बहुस्तरीय पार्किङका रूपमा विकास गर्न अनुमति दिन सङ्घीय सरकारसँग विशेष अनुरोध गरेका छौँ।”

महानगरपालिकाले विज्ञबाट प्राप्त हुने अध्ययन प्रतिवेदनका आधारमा काठमाडौँभरको पार्किङ व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै समस्या समाधानतर्फ अघि बढ्ने जनाएको छ।