२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

एमाले कार्यदलको विवाद मिलाउन काभ्रेमा आवासीय बैठक

एमाले कार्यदलको विवाद मिलाउन काभ्रेमा आवासीय बैठक
अ अ+ अ-

काठमाडौँ । पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित नेकपा (एमाले)को कार्यदल आफ्नो प्रतिवेदनमाथि उत्पन्न विवाद समाधान गर्न आवासीय बैठकमा जुटेको छ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजयलगायतका विषयको समीक्षा गर्दै पार्टी र जनताबीचको सम्बन्ध सुधार तथा आवश्यक रूपान्तरण र पुनर्गठनका लागि सुझाव दिन गठित कार्यदलका पदाधिकारीहरू काभ्रेपलाञ्चोकमा आवासीय रूपमा बसेर छलफल गरिरहेका छन्।

एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार शनिबार बैठकका लागि काभ्रे पुगेका नेताहरू छलफल सकेर आइतबार काठमाडौँ फर्कनेछन्।

कार्यदलले प्रदेशगत रूपमा सुझाव संकलन गरेपछि महासचिव शङ्कर पोखरेलले तयार पारेको प्रतिवेदन र पार्टीका उपाध्यक्ष तथा कार्यदल संयोजक रामबहादुर थापाले तयार पारेको फरक प्रतिवेदनबीच मतभेद देखिएपछि विवाद उत्पन्न भएको थियो।

महासचिव पोखरेलको प्रतिवेदनमा अधिकांश नेताहरूको सहमति रहे पनि कार्यदलमा सर्वसम्मत प्रतिवेदन तयार गर्ने समझदारी भएकाले थप छलफल अघि बढाइएको हो।
गत जेठ १० गते सम्पन्न एमाले सचिवालयको आठौँ बैठकले उपाध्यक्ष थापाको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो। त्यसपछि जेठ २६ गते अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बसेको कार्यदलको पहिलो बैठकले प्रदेशगत रूपमा सुझाव संकलन गर्ने कार्यतालिका तय गरेको थियो।

गत शुक्रबारको बैठकमा दुईवटा फरक प्रतिवेदन प्रस्तुत भएपछि दुवैमा समेटिएका विषयलाई समेटेर एउटै प्रतिवेदन तयार गरी सचिवालय बैठकमा पेस गर्ने तयारी कार्यदलले गरेको छ।

भोटेकोशी बाढीपछि उत्पन्न परिस्थितिका कारण एमालेको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक आगामी असोज ५, ६ र ७ गते बस्ने तय भएको छ। त्यसअघि नै कार्यदलको प्रतिवेदनलाई अन्तिम रूप दिने प्रयास भइरहेको नेताहरूले बताएका छन्।