२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

१२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य

१२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य
अ अ+ अ-

धादिङ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा १२ दिनपछि ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन गरिएको छ ।

सडक निर्माणको कामलाई तिब्रता दिएर सबग्रेड तहसम्म तयार पारिएपछि ग्यास बुलेट र रोकिएर बसेका हेभी सवारीसाधनलाई परीक्षणका रूपमा कृष्णभीरबाट पार गराइएको हो ।

निर्माणको जिम्मा पाएको सगुन कन्स्ट्रक्सनका सञ्चालक तथा नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष शहदेव खड्काकाअनुसार करिव १२ दिनको निरन्तर प्रयासपछि कृष्णभीरमा ट्रायलका रूपमा यातायात सञ्चालन गर्न सम्भव भएको हो । का

ठमाडौंबाट मुग्लिङतर्फ पहिलो ग्यास बुलेट पठाइसकिएको र त्यसपछि रोकिएर बसेका हेभी इक्युपमेन्ट तथा अन्य सवारीसाधनसमेत क्रमशः पार गराइएको उहाँले जानकारी दिनुभयो ।

सडक खुलाउन एक्स्काभेटर, बुलडोजर, लोडरलगायतका हेभी इक्युपमेन्ट प्रयोग गरिएको थियो । सडक विभाग, सुरक्षा निकाय, स्थानीय तह, प्राविधिक टोली तथा निर्माण व्यवसायीको समन्वयमा काम अघि बढाइएको खड्काले बताउनु भयो ।

उहाँकाअनुसार अहिले फिल्डमा करिव २२ देखि २५ वटा हेभी इक्युपमेन्ट, ट्रक तथा टिपरसहितका साधन परिचालन भएका छन् । सडक विभाग, कन्सल्टेन्ट र निर्माण कम्पनीका ३० जनाभन्दा बढी प्राविधिकसमेत फिल्डमा खटिएका छन् । तर कृष्णभीरको सडक अहिले पूर्ण रूपमा सञ्चालनमा आएको भने होइन । ट्रायलपछि पुनः सडक बन्द गरेर बाँकी निर्माणको काम अघि बढाइनेछ । सडकको ड्रेन, सब–सर्फेस ड्रेन, ग्राभेलिङ तथा सबग्रेड र सबबेसको काम पूरा गर्नुपर्ने भएकाले तत्कालका लागि नियमित यातायात सञ्चालन नगरिने जनाइएको छ ।

नागढुङ्गा–मुग्लिङ सडक योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीले पनि अहिलेको आवागमनलाई नियमित यातायात सञ्चालन नभई परीक्षणका रूपमा गरिएको बताउनु भयो । सडक सबग्रेडको तहसम्म तयार भएपछि ग्यास बुलेट पार गर्नसक्ने अवस्था छ कि छैन भनेर परीक्षण गरिएको र त्यसमा ग्यास बुलेट सफलतापूर्वक पार भएको उनले जानकारी दिनुभयो । करिव १५ दिनदेखि रोकिएर बसेका ट्रक, टिपरलगायतका सवारीसाधनलाई समेत यही अवसरमा पार गराइएको अधिकारीले बताउनु भयो । त्यसपछि सडक पुनः बन्द गरेर निर्माणको बाँकी काम अघि बढाइनेछ ।

कृष्णभीरमा अहिले ड्रेन निर्माण, ग्राभेलिङ र केही भागमा कटिङको काम बाँकी रहेको अधिकारीले जानकारी दिनुभयो । बाँकी काम दुईदेखि तीन दिनभित्र सक्ने लक्ष्य रहेको उहाँले बताउनु भयो ।

निर्माण कम्पनीका खड्काले भने बाँकी काम सम्पन्न गरेपछि असोज १ गतेदेखि कृष्णभीरमा नियमित रूपमा यातायात सञ्चालन गर्ने लक्ष्य रहेको बताउनु भयो । मौसमले साथ दिएमा सडकको सबग्रेड, सबबेस र ड्रेनलगायतका काम पूरा गरेर नियमित आवागमन सञ्चालन गर्ने तयारी छ ।

यसअघि कृष्णभीरमा सडक अवरुद्ध हुँदा पृथ्वी राजमार्गमा लामो दूरीका सवारीसाधन तथा ग्यास बुलेट र निर्माण सामग्री बोकेका हेभी सवारीसाधन रोकिएका थिए ।

ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन भएसँगै रोकिएका सवारीसाधनलाई क्रमशः गन्तव्यतर्फ पठाउन सहज हुने अपेक्षा गरिएको छ । –न्युज एजेन्सी नेपाल