२९ भाद्र २०८३, सोमबार
,
Latest
महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान च्याउ टिप्न घरबाट निस्किएका युवक छ दिनदेखि बेपत्ता घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर पीडामा साथ दिने संस्कारलाई पर्वको अभिन्न हिस्सा बनाऔँ: पूर्वराष्ट्रपति भण्डारी युद्धका बाबजुद पनि दुबईसँग इरानको आर्थिक सम्बन्ध तोड्न कठिन एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने



अ+ अ-

मुस्ताङ, २९ भदौः यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा दुईदिने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ हुँदैछ ।

सम्मेलनमा उपस्थितिका लागि ७५३ वटै स्थानीय तहहरूलाई पत्राचार गरिएको थियो । आइतबारसम्म ४२० वटा स्थानीय तहले सहभागिता जनाउने प्रतिबद्धता जनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभयो । सम्मेलनमा ३६ वटा जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ ।

जलवायु परिवर्तनले हिमाल, पहाड र तराईका स्थानीय तहमा पुर्याएको असर र अनुकूलनलगायतका विषयमा साझा धारण तय गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न मुस्ताङमा पहिलोपटक ऐतिहासिक रूपमा ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’को तयारी गरिएको हो ।

सम्मेलनका लागि मुस्ताङका अन्य चार पालिकाले पनि सहयोग पुर्याइरहेका छन् । सम्मेलनमा भाग लिन कोशी प्रदेशबाट ७२, मधेस प्रदेशबाट ५८, बागमतीबाट ४६, गण्डकीबाट ६४, लुम्बिनीबाट ६२, कर्णालीबाट ३८ र सुदूरपश्चिम प्रदेशबाट ६६ वटा स्थानीय तहले नाम टिपाएका प्रमुख प्रशासकीय अधिकृत बस्नेतले उल्लेख गर्नुभयो ।

गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले सम्मेलन तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । सम्मेलनको उद्घाटन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गर्नुहुनेछ । यस्तै, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विशेष अतिथिका रूपमा सहभागी हुनुहुनेछ ।रासस