२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित

ज्योतिषीय नजरमा वर्ष २०८१: राजनीतिक संकट झनै गहिरिने, ठूला दलहरुलाई अस्तित्व जाेगाउनै कठिन

ज्योतिषीय नजरमा वर्ष २०८१: राजनीतिक संकट झनै गहिरिने, ठूला दलहरुलाई अस्तित्व जाेगाउनै कठिन
अ अ+ अ-

ज्योतिष दर्शनका आधारमा खगोलीय मण्डललाई काल्पनिक रूपमा प्रत्येक ३० डिग्री को फरकमा पर्ने गरी १२ भागमा विभाजन गरिएको छ । यसको पूर्ण परिक्रमा ३६० डिग्री हुन्छ । ३६० डिग्री भ्रमण गर्दा सूर्यले १२ राशी सबैको भ्रमण गरेको हुन्छ । सूर्यले १२ राशिको भ्रमण पूरा गरी ०.० अंश हुँदै पुनः मेष अर्थात् वैशाख महिनामा प्रवेश गर्ने पहिलो दिनलाई नयाँ वर्ष भनेर मनाइन्छ ।

नेपालमा प्रत्येक वर्ग र समुदायमा नयाँ वर्ष फरक–फरक समयमा मनाउने परम्परा रहेको छ। कात्तिकदेखि वैशाख पूर्णिमासम्म विभिन्न समुदायले आआफ्नै परम्परामा नयाँ वर्ष मनाउने गर्छन् । नेवार समुदायहरूले कात्तिक महिनामा पर्ने गोवर्द्धन पूजाका दिन नयाँ वर्ष भव्य रूपमा मनाउँछन् भने अङ्ग्रेजी नयाँ वर्ष पुसको मध्यतिर नेपालसहित अन्य देशहरूमा मनाउने गरिन्छ ।

यसैगरी गुरुङहरूले पुस १५ गते, थारूले माघ १ गते, तामाङले माघ शुक्ल प्रतिपदामा, शेर्पाले फागुन शुक्ल प्रतिपदामा मनाउने गरेका छन् । विभिन्न समुदायले विभिन्न समयमा मनाउँदै आएको नयाँ वर्ष वैदिक शास्त्रीय नियमअनुसार चैत्र शुक्ल प्रतिपदादेखि नयाँ सम्वत्सर प्रारम्भ हुनेभएकोले यसै दिनदेखि नयाँ वर्ष प्रारम्भ हुने वैदिक तथा पौराणिक मान्यता छ ।

‘चैत्रे मासि जगद्ब्रह्मा ससर्ज प्रथमेहनि । शुक्लपक्षे समग्रे तु तदा सूर्योदये सति ।’

माथिको श्लोलाई अध्ययन गर्दा ब्रह्माजीले सृष्टिको प्रारम्भ पनि यसैदिनबाट गरेका हुन् भन्ने बुझिन्छ । नेपालमा आधिकारिक रूपमा मान्ने वर्षलाई विक्रम संवत् भन्ने गरिन्छ । विशेष गरी आर्यावर्तका चक्रवर्ती सम्राट् विक्रमादित्यले शकहरूलाई परास्त गरी विजयध्वजा फहराएको दिनको स्मरणमा वैशाख १ गतेबाट उनको नाममा नयाँ वर्ष मनाउन थालिएको र उनको विजयोत्सवलाई चिरस्थायी तुल्याउन विक्रम संवत् र शाके संवत् प्रारम्भ भएको ऐतिहासिक मान्यता रहिआएको छ । संवत्सर परिवर्तन हुने दिनकाे बार र नयाँ वर्ष प्रारम्भ हुने वैशाख १गते जुन बार पर्छ त्यसैका आधारमा वर्षका राजा र मन्त्री चयन हुने ज्योतिष शास्त्रीय नियम रहिआएकाले यस वर्ष राजा मंगल र मन्त्री शनि रहेका छन् ।

ज्योतिषीय आधारमा नयाँ वर्ष २०८१

रोगवृद्धिः प्रजायेत कालयुक्ते विशेषतः।

राजयुद्धं भवेद घोरं वृष्टिर्घोरा वरानने।।

ज्योतिषीय आधारमा नयाँ संवत्सरको फल विचार गर्दा यस वर्ष “कालयुक्त” नामक संवत्सर ५२अैा संवत्सरका रुपमा वर्षभरि रहनेछ । नयाँ सम्वत्सरको फल विचार गर्दा समाजमा भय तथा अराजकता अधिक हुने देखिन्छ भने आर्थिक संकट झनै गहिरिँदै जाने योग बनेको छ। हरेक क्षेत्रमा हुने मूल्य वृद्धिका कारण आम नागरिकले कठिनाइ वर्षभरि नै झेल्नुपर्ने देखिएको छ । वर्षामा एकरुपता नहुँदा कतै थोरै त कतै भारि वर्षाका कारण नागरिकले सास्ती भोग्नुपर्ने योग रहेको छ । प्रतिपक्षीहरुले शक्ति प्रदर्शन गरिरहनाले जनताका लागि यो बर्ष कष्टकर रहने संवत्सरको फलमा उल्लेख गरिएको छ ।

वर्ष प्रारम्भबाटै दुई गुरु एउटै महिनामा अस्त हुनुलाई पनि राम्राे र शुभ संकेतका रुपमा हेरिएको छैन । राेजगारि र अध्ययनका लागि विदेश जाने क्रम राेकिने छैन । विशेष गरी आफूअनुकुल नियम बनाउन खोज्दा सरकारले पुस मसान्तसम्म निक्कै कठिनाइकाे सामना गर्नुपर्ने देखिएकाे छ। लामो समयदेखि जोखिममा रहेको सेयर बजारमा असार २० पछि लयमा फर्कने काेशिस गर्ने छ । शनिबार र मंगलबारबाट महिना प्रारम्भ हुनुलाई राम्राे र फलदायी मान्न नसकिने हुँदा बर्ष २०८१ भर याे अवस्था दाेहाेरिरहने छ । शनिकाे उच्च प्रभाव वर्षभरि परिरहनाले देश विकासको चासाे विदेश बस्नेहरुले गर्ने सम्भावना रहेकाले नयाँ परिवर्तन हुने सम्भावना देखिन्छ।

नयाँ संवत्सर प्रारम्भ हुने दिन जुनबार पर्छ त्यही बारका अधिपति देवता वर्षको राजा र वैशाख सङ्क्रान्तिको दिन जुनबार पर्छ त्यो बारका अधिपति देवता वर्षको मन्त्री हुने शास्त्रीय नियमलाई आधारमान्दा यसवर्षका राजा (शासनाध्यक्ष) मंगल ग्रह वर्षभरि नै राजाको भूमिकामा रहनेछन् । वैशाख १ गते शनिबार परेकाले वर्षभरि शनि ग्रह मन्त्री पदमा आसीन हुनेछन् । अतः राजा मंगल र मन्त्री पदमा शनि ग्रहको वर्षभरि नै आधिपत्य रहनेछ । वर्ष मिश्रित फलदायी रहने संकेत देखिएको छ ।

वर्षका राजा मंगल ग्रहको फल-

अग्नि-तस्कर-रोगाढयो नृपविग्रहः दायकः।

गतसस्यो बहुव्यालो भौमाब्दो बालहा भृशम्।।

वर्षका राजा मंगल ग्रह वर्षभरि राजाकाे भुमिकामा शक्तिशाली पदमा रहने छन् । राजा र मन्त्री दुबै एक अर्काकामा बिराेधि ग्रह भएकाले सरकार बनाउने र भत्काउनेमा नै सम्पूर्ण शक्ति लगाइने भएकाले जनतामा नैराश्यता र आक्राेसकाे भावना पैदा हुने छ ।अग्निभय,सवारी तथा हवाई दुर्घटनामा वृद्धि हुनुका साथै चाेरडाँकाकाे भय शासकहरुमा विग्रहकाे मनस्थिति पैदा हुने, राेगव्याधिकाे उच्च प्रकाेपकाे सामना गर्नु पर्ने वर्ष रहेकाे छ। कर्मचारीहरुमा निरासापन, पहेँला वस्तुकाे मुल्य निरन्तर बढ्दै जाने जस्ता प्रभावहरू निरन्तर हुने सम्भावना रहेको छ।

वर्षका मन्त्री शनि ग्रहकाे फल-

रविसुते यदि मन्त्रिणि पार्थिवा विनय संहिता बहुदुःखदाः। न जलदाय जलदाय जनतापदा जनपदेषु सुखं न धनं क्वचित्।।

ग्रहहरुका न्यायाधीश शनि मन्त्रीको भूमिकामा रहनाले धर्म मान्नेहरू उल्लेख्य रुपमा वृद्धि हुनेछन् देशैभर पूजापाठ, धर्मकर्म र परोपकारका मार्गमा जनताहरु लाग्नेछन् । देशमा धार्मिक आन्दोलनको थालनी हुनेछ । खेलकुद तथा मनोरञ्जनका क्षेत्र निकै आलोचनात्मक ढंगबाट अगाडि बढ्नेछन् । अनैतिक रुपमा लाग्नेहरुलाई बचाउ गर्नेहरुका लागि शनिकाे नकारात्मक प्रभाव परिरहने छ । आ-आफ्नो अस्तित्त्व जाेगाउन दलहरूलाई निकै मेहनत गर्नुपर्ने देखिएको छ । विदेशी चलखेल अधिक मात्रामा बढ्नेछ भने सहयाेग साेचेअनुसार नहुने देखिएकाे छ ।

घान्येशमा चन्द्रमाको अधिकार रहने भएकोले दूध तथा तरल पदार्थमा मूल्य वृद्धि भइरहने छ । त्यस्तै सस्येश पदमा मंगल ग्रहको प्रभाव वर्षभरि नै पर्नेछ । विशेष गरी लुकाएर राखिएका महत्त्वपूर्ण सुचना,धन र बहुमूल्य सामाग्रीहरूको खोजीमा राज्य आफैँ बलियो रुपमा लागि पर्नेछ । फलश र दुर्गेशको जिम्मेवारी शुक्र र शनि ग्रहले प्राप्त गरेका छन्, जसका कारण विशेष गरी फलफूलहरूको उत्पादन वृद्धिले गर्दा आम जनता हर्ष, आनन्द र खुसीको जीवनमा रमाउन पाउने सम्भावना छ । देवगुरु बृहस्पतिकाे रसेश पदमा रहनुलाई शुभ योग मान्न सकिन्छ ।

देशका लागि जगल्लग्न कुण्डलीको प्रभाव

जगल्लग्नकुण्डलीमा लग्नेश बृहस्पति ग्रह वैसाख १७ गतेदेखि छैटौं भावमा बस्नुलाई सामन्य फलदायीका रुपमा हेरिरहेको छ। देशका महत्त्वपूर्ण निर्णयमा निकै कमजोरीको सामना गर्नुपर्ने योग रहेको । दीर्घकालिक फाइदा हुने केही ठुलठुला योजनाहरू प्रारम्भ हुन निकै कठिनाइ हुनेछ । धार्मिक, सांस्कृतिक र पारम्परिक कर्म र अनुष्ठानमा भने उल्लेखनीय वृद्धि हुनेछ । रेमिटेन्स र वैदेशिक व्यापारिक कारोबार फस्टाउनेछ । वैदेशिक सम्बन्ध साेचेअनुसर नहुने देखिएको छ ।अध्ययनका लागि बाहिर जानेहरुका लागि यो वर्ष सरकार नियम परिवर्तन गर्ने कुरामा प्रयासरत हुनेछ ।

चन्द्रमास अनुसार मंगल ग्रह र शनि ग्रहकाे युक्तिसंगत याेग तथा तथा सूर्य ग्रहमा ग्रहण योग बन्नु चाहिँ राजनीतिकर्मी र शासकहरूका निम्ति नकारात्मक मानिएकाे छ । सरकारी र राजनीतिक क्षेत्रबाट भएका निर्णय कार्यान्वयन हुन कठिन हुने र गलत साबित हुने सम्भावना देखिन्छ । दलहरूका बीचमा खिचातानी यथावत् रहनेछ । नेता र प्रशासकले जनतालाई आश लाग्दो योजना, कानुन र व्यवस्था प्रदान गर्न सक्ने छैनन् ।न्यायालयमा शनिकाे प्रभाव अधिक पर्ने भएकाले सत्तारूढ दलहरुकाे विपरीत हुने गरी न्यायालयमा काम हुने याेग रहेकाे हुनाले केही सचेत हुन आवश्यक छ ।

नेपालको वृश्चिक राशि मान्दा वैशाख १७ गतेबाट शुक्रकाे घरमा प्रवेश गर्ने देवगुरु बृहस्पतिकाे विशेष प्रभाव पर्ने हुँदा बृहस्पतिको प्रभावमा पर्ने जुनसुकै वस्तुको पनि मूल्य उच्च हुन सक्ने सम्भावना देखिन्छ । महिनाकाे प्रारम्भ नै शनि मंगलकाे युक्ति परेकाले विशेष मेसिनरी सामान चलाउनेहरुले सावधानी अपनाउनु पर्ने छ ।

त्यस्तै मेसिनरी र यातायातको व्यवसाय कर्ताले सजगता अपनाउन पर्ने हुन्छ भने राज्यले मेसिनरी सामानबाट असोचनीय घाटा व्यहोर्न सक्ने सम्भावना रहेको छ । समग्रमा ग्रहगत रूपमा बनका योगहरूलाई शास्त्रीय विधि र पद्धतिका आधारमा निराकरण गर्न सक्ने हो भने आगामी वर्ष २०८१ नेपाल राज्य र नेपाली जनतालाई उन्नतिको नयाँ मार्ग पहिल्याउन निकै मद्दत गर्ने वर्ष बन्ने छ । सम्पूर्णमा नव वर्ष २०८१ को हार्दिक शुभकामना ।

ज्योतिष सुरेशचन्द्र रिजालको फेसबुकबाट