२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक– तस्बिरहरू



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले १ हजार ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

शुक्रवार पत्रकार सम्मेलन गरी उपत्यका अपराध अनुसन्धान कार्यालयले यसबारेमा जानकारी दिएको हो । पक्राउ पर्नेहरुमा दार्चुलाका वर्ष ४७ का गणेशदत्त बडू, भारतको महारष्ट्रका ३७ वर्षीय अमल विभूती, सोही स्थानका वर्ष १८ का प्रकाश विभूती र गणेशसतिस बाल्टे रहेको डिएसपी सुरक्षा केसीले बताउनु भयो । त्यस्तै उहाँले पक्राउ पर्नेहरुमा झापा बिर्तामोडका वर्ष ३० का दिनेश खरेल, सोही स्थानका वर्ष २२ का भरतराज खरेल र दार्चुलाका वर्ष २१ का आयुष बडू रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जिल्ला काठमाडौं कामनपा वडा नम्बर २४ दुच्छेनली टोलमा केही व्यक्तिहरुले अवैध सुनको कारोबार गरिरहेका छन् भन्ने गोप्य सूचना प्राप्त भएपछि यस कार्यालयबाट खटिएको टोलीले खोजि गर्दै जाँदा जिल्ला दार्चुला महाकाली नगरपालिका वडा नम्बर ३ टाटे बस्ने वर्ष ४७ को गणेशदत्त बडूसहित ७ जना व्यक्तिहरुलाई सुन जस्तै देखिने पहेँलो धातुको टुक्राहरु ९ थान तौल जम्मा १ हजार ७६८.२५ ग्राम र नगद एक करोड ४३ लाख ६० हजार रुपैयाँ सहित बिक्री वितरण गरिरहेको अवस्थामा फेला पारी निजहरुलाई पक्राउ गरिएको ।

पक्राउ पर्ने व्यक्तिहरु गणेशदत्त बडू, उमेर ४७, दार्चुला, टाटे नगरपालिका ३ । अमल विभूती, ३७ वर्षका, भारत महारष्ट्र सांगली,८ पाइथाना । ऋषिकेश प्रकाश विभूती, १८ वर्ष, भारत महारष्ट्र सांगली,८ पाइथाना । गणेशशतिस बाल्टे, उमेर वर्ष १८, भारत महारष्ट्र सांगली,८ पाइथाना । दिनेश खरेल, वर्ष ३० झापा बिर्तामोड नगरपालिका ३ । आयुष बडू, उमेर २१, दार्चुला, टाटे नगरपालिका ३ । भरतराज खरेल, उमेर २२, झापा बिर्तामोड नगरपालिका ३ । बरामद भएको नगद तथा सुन जस्तो पहेँलो पदार्थ नगद जम्मा १ करोड ४३ लाख ६० हजार । पहेँलो पदार्थ एक हजार ७६८.२५ ग्राम ।’

बिहीवार न्युरोडको एक हुण्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरुलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।