• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   नेकपा (एकीकृत समाजवादी) संसदीय दलको बैठक जारी ★   संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल ★   मकैमा कीराको सङ्क्रमणले किसान चिन्तित ★   ‘नवौं नम्बरमा ब्याटिङ गर्न आएका धोनीले जिम्मेवारी लिनुपर्छ’ ★   गोंगबुको होटलमा महिलाको शव फेला, एक जना पक्राउ ★   ‘टाइटानिक’ मा क्याप्टेनको भूमिका निर्वाह गरेका अभिनेता बर्नार्ड हिलको निधन ★   नेपालले हिमालका मुद्दामा समान स्वार्थ भएका मुलुकलाई संगठित गर्नुपर्छ: जलवायुविज्ञ ★   प्रेस तटस्थ, स्वतन्त्र र सबल हुदा लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुन्छ: राष्ट्रपति पौडेल ★   महिलाको लगानीमा सरफ उद्योग सञ्चालन ★   आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा

मौन अवधिलाई मनि अवधिको रुपमा प्रयोग नहोस्: रवि लामिछाने



ईलाम । रास्वपाका सभापति रवि लामिछानेले आफू नेतृत्वको दल खास जाति, वर्ग र समुदायको पहिचानको पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ।

आज इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले रास्वपाले जाति, धर्म र समुदायको नाममा राजनीति नगर्ने भन्दै आफूहरु बहुपहिचानको पक्षमा रहेको स्पष्ट पार्नुभएको हो। ‘बरु चुनाव हारौंला तर गलत प्रवृत्तिलाई प्रोत्साहित गर्ने राजनीति गर्दैनौं। बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकमा एकल पहिचानले हित गर्दैन’ उहाँले भन्नुभयो। रास्वपाले सबैभन्दा बढी पहिचानको मुद्दालाई व्यवहारमा उतारेको उहाँको भनाइ थियो।

उपप्रधान एवं गृहमन्त्रीसमेत रहनुभएका लामिछानेले आचार संहिता अक्षरश पालना गराउन सुरक्षा निकायलाई दिर्नेशन दिँदै मौन अवधिमा आर्थिक चलखेल नगर्न दल र उम्मेदवारलाई चेतावनी पनि दिनुभयो। १५ वैशाखमा हुने उपनिर्वाचनका लागि आज मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ। ‘मौन अवधि भनेको मनि (पैसा) अवधि भएको कुरा तपाईहरुले सुन्नुभएको छ होला’, गृहमन्त्री लामिछानेले चेतावनी दिँदै भन्नुभयो, ‘खबरदार, इलाम र बझाङमा मौन अवधिलाई मनि अवधिको रुपमा प्रयोग नगरोस्।’

आचार संहिता उलंघन गर्नेलाई कानूनको दायरामा ल्याएरै छोड्ने उहाँको दृढता थियो। लामिछानेले काठमाडौं, चितवन र तनहुँमा जस्तै इलामबासीले पनि जोडदार रुपमा घण्टी बजाउने विश्वासका साथ आग्रह गर्नुभयो, ‘यथास्थिति रोज्ने कि परिवर्तन विवेकपूर्ण निर्णय गर्नुहोला।’