८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

नायग्रा फल्सका रघुनाथ, नेपाली खाना, संस्कृति र सामग्रीको प्रचारका संवाहक

नायग्रा फल्सका रघुनाथ, नेपाली खाना, संस्कृति र सामग्रीको प्रचारका संवाहक
अ अ+ अ-

नायग्रा फल्स (अमेरिका) । अमेरिकाको चर्चित पर्यटकीय गन्तव्य नायग्रा फल्समा चिसोको मात्र घट्दै गएपछि पर्यटकहरुको चहल पहल बढ्न थालेको छ । पर्यटकहरुको आवागमन बृद्धि भएसँगै चिसोका कारण बन्द रहेका होटल र रेन्टुरेन्ट तथा फुडकोर्टहरु धमाधम खुल्न थालेका छन् ।

चिसोका कारण अन्य रेन्टुरेन्टहरु बन्द हुदा नायग्रा फल्सको छेवैमा रहेका ‘नायग्रा तन्दुरी हट’का संञ्चालक रघुनाथ भट्टराईलाई पनि यति बेला भ्याई नभ्याई छ । भट्टराई सहित करिब १० जनाले ग्राहकलाई सेवा पुर्‍याउदा पनि भ्याई नभ्याई भएको भट्टराईले जानकारी दिनुभयो । बाहिर बाट झट्ट हेर्दा यो स्थान नेपाली होटल हो जस्तो पनि लाग्दैन । तर होटलको गेटनिर पुग्नासाथ नेपाली नेपाली स्वाद बाहिरबाटै थाहा हुन्छ । नेपाली खानाको सुगन्ध बाहिरै आउँछ अनि भित्र देखिन्छ नेपालीपनको सजावट ।

जसका कारण एशियन मुलुकका नागरिक सहित अन्य देशका नागरिक सहितको रोजाईमा पर्ने गरेको छ । होटलभित्र छिर्दा देखिने नेपाल झल्कने चित्र र पौवा धेरै छन् यहाँ । लुङदार टाँगिएको भित्री परिवेशमा तामाका भाँडा, रुद्राक्षको माला, गाँजाबाट बनेका सामग्रीसँगै अरु नेपालको परम्परा झल्किने स्थानीय वस्तुको सजावट धेरैका लागि आकर्षण बन्ने गरेको छ ।

पर्वत फलेवास स्थायी घर भएका रघुनाथ भट्टराई यही क्षेत्रमा सन् २०१६ देखि  नेपाली खाना, संस्कृति र सामग्रीको भरपुर प्रचारसँगै व्यवसाय पनि गरिरहनुभएको छ ।

पछिल्लो समय धेरै नेपालीसहित छिमेकी देशका नागरिक पनि सो क्षेत्र घुम्न पुग्ने गरेका छन् । रेस्टुरेन्टको टेबलमा सँगै चिया पिउँदै भट्टराईले आफ्नो अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, “६ महिना त निकै राम्रो व्यवसाय हुन्छ । दुई महिना औसत र ४ महिना ठप्प जस्तै हुन्छ । हिउँ जमेर ज्यान पनि कसरी जोगाउने पो जस्तो हुन्छ ।”

उहाँका अनुसार ६ महिनाका लागि धेरै नेपाली विद्यार्थीहरु काम खोज्दै आइपुग्छन् । “सकेका जतिलाई दिने प्रयास गर्छु तर सबैलाई समेट्न सकिँदैन ।”

छेवैमा रहेको भान्सामा काम गरिरहेका नेपाली कर्मचारीहरुलाई ग्राहकको मागअनुसारको खानको बारेमा जानकारी पनि गराउँदै भट्टराईले भन्नुभयो, “नायग्रा प्रवेश गर्ने सम्मुखमा नै भएर होला यहाँ ग्राहकहरुको बाक्लो उपस्थिति हुन्छ । त्यही मौकामा नेपालको पर्यटन, सगरमाथा, गौतम बुद्ध जस्ता विषयको जानकारी गराउँदै भ्रमणका लागि पनि अनुरोध गरेको छु ।”

कति त नेपाल पुगेर आएपछि अनुभव सुनाउन आएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “म पर्वतको भएर होला, एक पटक त मुक्तिनाथ पुग्नै पर्छ जस्तो लाग्छ, यता अमेरिकनहरु पनि एक पटक त जसरी पनि यहाँ आउनुपर्छ भन्ने सोचमा रहेका छन् भन्ने लाग्छ । त्यसैले मलाई त यताको मुक्तिनाथ जस्तै लाग्छ ।”

उहाँले रेस्टुरेन्टको प्रवेश गर्ने ढोका, दाँया बाँया र भित्र पनि यत्रतत्र नेपालको झण्डा फर्फराउनुभएको छ । “झण्डा देखेपछि माटोको अनुभूति हुँदोरहेछ । नेपाली दाजुभाइहरु पनि आत्मीयताका साथ आइपुग्नु हुन्छ । कतिपय अवस्थामा त केही न्यास्रो पनि मेटिँदो रहेछ ।” नेपालीसहित भारतीय, पाकिस्तानी, चाइनिजलगायतका परिकार तयार हुने जानकारी उहाँले गराउनुभयो । उहाँले केही नेपालीको व्यवहार भने चित्त दुख्ने खालको पाएको बताउनुहुन्छ ।

अमेरिका आएर पनि नेपाली बोल्नु पर्ने, दाल भात खाने भन्दै हँसिमजाक गर्दै बाहिरिने गरेका कतिपय नेपाली दाजुभाइकै बोली उहाँलाई मिठो लाग्दैन । उहाँले भन्नुभयो, “आखिर सबै नेपालीको सोच र व्यवहार एकै नहुनु पनि स्वाभाविकै हो, बर्मा गए पनि कर्मसँग त्यसै त किन भनेका होलान र ?”

तर विदेशी मुलुकका नागरिकको अनुभूति भने निकै फरक छ भट्टराईसँग । “यहाँका स्थानीयसँग अन्य मुुलुकका पर्यटकले नेपाली खाना र यसको स्वाद निकै मन पराउँछन् । प्राय पाउरोटी र यसका विभिन्न परिकार खानेहरुका लागि नेपाली खानाको स्वाद जिब्रोमा निकै गडेको छ ।”

क्यानडाको टोरन्टो, ओन्टारिया र अमेरिकाको न्यूयोर्क राज्यको सिमानामा रहेको नायग्रा फल्स विश्वको आश्चर्यजनक एक स्थलमध्येमा पर्छ । संसारभरिबाट दुई करोडभन्दा बढी पर्यटकहरुले नायग्रा फल्स अवलोकन गर्ने गरेको तथ्यांक छ । ती संसारका नागरिकसँग यहाँको स्वाद समय समयमा साक्षात्कार हुने गर्दछ ।

एक पटक नेपाल गएका जुनसुकै देशका विदेशीले पनि नेपाली खाना भनेपछि खुबै मन पराउँछन् । त्यति बेला चाहिँ म भावुक नै हुन्छु । मेरो देशको खानाको स्वादसँग विश्वका नागरिकले देखाएको मायाले आखिर मलाई पनि त छुन्छ– उहाँको अनुभव छ ।