२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

थाईल्याण्डका नेपाली भाषी बालबालिकालाई मातृ तथा पितृ भूमिको भाषा सिकाईदै

थाईल्याण्डका नेपाली भाषी बालबालिकालाई मातृ तथा पितृ भूमिको भाषा सिकाईदै
अ अ+ अ-

थाइल्याण्ड : थाईल्याण्डमा हरेक वर्ष दुई महिना नेपालीमूलका बालबालिकालाई मातृ तथा पितृ भूमिको भाषा सिकाउने गरिन्छ । बर्षे बिदाको समय पारेर आयोजना हुने यस्ता भाषा कक्षामा बालबालिका आ–आफ्ना प्रतिभा प्रस्फुटन गर्ने तथा विभिन्न संस्कृति सिक्ने अभियानमा सरिक हुँदै आएका छन् ।

थाइ नेपाली बैङ्कक शाखाअन्तर्गत १० वटा उपशाखामध्ये खाउसान उपशाखामा भाषा कक्षमा सहभागी ५० जना बिद्यार्थीलाइ प्रिमा फाउन्डेसनले द सुपर मम २०१९ को अभ्यास पुस्तिका, तथा खाध्य सामग्री बितरण गरेको छ ।

थाईल्याण्डमा बसोबास गर्दै आउनु भएकी एमी कर्माचार्यले स्थापना गर्नुभएको प्रिमा फाउण्डेशनले हरेका बर्ष भाषा सिक्दै गरेका बालबालिकाहरुलाई बिभिन्न सामग्रीहरु उपलब्ध गराउँदै आएको छ । कक्षामा रहेका ५० जना मध्ये ४२ जना थाइल्याण्डमा नै जन्मेको र ८ जना बाल बालिकाहरू म्यानमारमा जन्मेका कर्माचार्यले जानकारी दिनुभयो ।

भाषा कक्षाहरु थाइ नेपाली संघको शिक्षा बिभागद्वारा सञ्चालन गरिदै आएको छ । थाइ नेपाली सघका अनुसार त्यहा रहेका बिभिन्न ९ ओटा शाखामा लगभग १५०० भन्दा बढी बालबालिकाहरुले नेपाली भाषा सिकिरहेका छन् ।

यस्ता कक्षाका नेपाली संस्कार, संस्कृति, सभ्यता, अध्यात्मका साथै धर्म र पूर्वीय दर्शनका बारेमा बालकालिकालाई जानकारी गराईने बैंककमा बसोबास गर्दे आउनु भएका राज कर्माचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार बालबालिकालाई भाषा, संस्कृतिदेखि विभिन्न मनोरजनात्मक गतिविधिमा सरिक गराउँदै आइएको छ ।

गुरुजी राजन भट्टराई र गुरुमा हेमा कटेल बालबालिकालाई प्रशिक्षण दिनुभएको थियो । उहाँका अनुसार बालबालिकालाई भाषा, संस्कृति देखि विभिन्न मनोरजनात्मक गतिविधीमा सरिक गराइँदै आइएको छ ।

बालबालिकाले केही नया कुरा सिक्न र एक आपसमा मित्रता बढाउन यस्ता कार्यक्रमले सघाउ पुर्‍याएको आयोजकले जनाएका छन् । यतै जन्मेर नेपाली जान्दै नजान्नेलाई नेपाली समाजले नेपाली भाषा सिकाउने पहल गदै आएको छ ।

यहाँका बालबालिकाले केही नया कुरा सिक्ने अवसरको रुपमा सदुपयोग गदै आएका छन् । भाषा र संस्कृति सिक्न आउने बालबालिका अधिकांश यतै जन्मेका र सानैमा अभिभावकसँग थाईल्याण्ड प्रवेश गरेकाहरु नै अधिक छन् । उनीहरुले राम्रोसँग नेपाली भाषा बोल्न सक्दैनन् ।

भाषा कक्षमा सहभागी एक बिद्यार्थीसँगको भलाकुसारी उदृत गर्दै कर्मचार्यले भन्नुभयो- एकजना बिद्यार्थी एकान्तमा बसिरहेको थियो, अनुहार न्यास्रो थियो र मैलै सोधेँ बाबु तिमी किन एक्लै बसेको भनेर सोझ्दा बोल्न खोजेनन् । मैलै फेरि सोधेँ– नेपाली पढ्न मन लाग्दैन हो ? मज्जाले हो भने । र फेरी मेलै नेपाली बुझ्छ भनेर सोधेँ अनि बिद्यार्थीको को उत्तर थियो– नेपाली बोल्न आउँदैन, मलाई गोर्खाली बोल्न आउँछ । अर्थात् यहाँका बालबालिकामा एउटा मनोभाब कायम भएको छ हामी नेपाली होईन, हामी गोर्खाली हो र हामीले गोर्खाली पढ्ने, नेपाली पढ्ने होईन ।

कर्माचार्यका अनुसार बालकको अनजानको मिठोपन जसबाट केटाकेटी प्रष्ट छन की नेपाली र गोर्खाली भन्ने अलग अलग भाषा भाषा हो । यही भ्रम चिर्न नै यस्ता कक्षा सञ्चालन भएका हुन् ।

उहाँका अनुसार अन्य उपशाखाको बालबालिकाहरू मध्ये कसै–कसैलाई प्रष्ट नेपाली बोल्न आउँदैन तर खाउसान उपशाखाका सम्पूर्ण विद्यार्थीहरु सबैजनाले प्रष्ट नेपाली बोलेको सुन्दा अभिभावकको मन प्रफुल्लित हुनुका साथै गुरुजीहरु पनि दंग पर्नुभएको थियो ।

केन्द्रीय शिक्षा बिभागका प्रमुख शान्ती गिरी र बैंकक शाखाको प्रमुख ङ्कम प्रकाश न्यौपानेले आगामी दिनहरुमा नेपाली पाठशालालाई कसरी निरन्तरता दिने भन्ने परामर्स भइरहेको जानकारी दिनुभयो ।