६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री  डा मदनप्रसाद परियार र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सङबीच आज द्विपक्षीय भेटवार्ता भएको छ ।

त्यस क्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री डा परियारले नेपाल–चीनबीचको दीर्घकालीन मित्रता, विश्वास र सहकार्यलाई कृषि तथा पशुपन्छी विकास क्षेत्रमार्फत अझ गहिरो बनाउन प्रतिबद्धता व्यक्त गर्नु भएको उहाँको सचिवालयले जनाएको छ ।

मन्त्री डा परियारले आधुनिक, दिगो र जलवायुमैत्री कृषि प्रणाली विकास, उत्पादन वृद्धि तथा द्विपक्षीय व्यापार बिस्तारका लागि चीनको प्राविधिक, संस्थागत र व्यापारिक सहकार्य नेपालका लागि महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो । विभिन्न प्रोटोकल, अवधारणापत्र तथा सहकार्य संयन्त्रहरूको प्रभावकारी कार्यान्वयनका लागि दुवै देशबीच निरन्तर संवाद र साझेदारी आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।

मन्त्री डा परियारले नेपाल–चीन कृषि सहकार्यले नेपाली कृषक, ग्रामीण अर्थतन्त्र र समग्र राष्ट्रिय विकासमा प्रत्यक्ष योगदान पु¥याउने विश्वास नेपाल सरकारले लिएको धारणा राख्नुभयो ।

राजदूत सङले कृषि क्षेत्रमा गर्न सकिने सहकार्य, क्षमता अभिवृद्धि, मिश्रित मल उत्पादन, रोगमुक्त भैँसीको मासु निर्यात र कृषि प्रदर्शन पार्क स्थापनाबारे चीन सकारात्मक रहेको बताउनुभएको थियो ।

दुवै पक्ष प्राविधिक सहयोग, लगानी र ज्ञान आदानप्रदानको महत्त्वमा जोड दिँदै नेपालको कृषि क्षेत्र सुदृढ पार्न र दिगो विकास प्रवर्द्धन गर्न आवश्यक रहेकामा सहमत भएका छन् ।