६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी

‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर

‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर
अ+ अ-

काठमाडौँ। नेकपा एमालेको केन्द्रिय कमिटीको बैठकमा पार्टी एकतालाई सुदृढ पार्ने र वर्तमान सरकारको असफलताका विरुद्ध सशक्त खबरदारी गर्ने विषयले प्राथमिकता पाएको छ ।

बैठकका क्रममा बोल्दै केन्द्रिय सदस्य ऐन महरले पार्टी नेतृत्व परिवर्तनको विषयमा बाहिर आएको भाष्य निराधार भएको दाबी गर्दै अधिकांश सदस्यहरू पार्टीलाई एकतावद्ध बनाएर अघि बढाउने पक्षमा उभिएको बताउनुभएको हो ।

ललितपुरको रामबागमा जारी एमाले केन्द्रिय कमिटीको बैठकमा पार्टीको वैचारिक र संगठनात्मक पुनर्गठनका विषयमा गहन छलफल भइरहेको छ ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेतृत्वको विषयमा बाहिर आएका समाचारहरूलाई लिएर उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले प्रष्ट पारेपछि बैठकमा नयाँ माहोल सिर्जना भएको महरले जानकारी दिनुभयो ।

महासचिव पोखरेलले बैठकमा अध्यक्षविरुद्ध कुनै विशेष महाधिवेशन नबोलाउने र नेतृत्व परिवर्तनको कुनै एजेण्डा नभएको स्पष्ट पारेका छन् ।

अधिकांश केन्द्रिय सदस्यहरूले पार्टीलाई सुदृढ र मजबुत बनाउँदै आगामी दिनमा जनताको भरोसाको केन्द्र बनाउनुपर्ने धारणा राखेका छन् ।

यसैगरी, बैठकले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाएको छ । पछिल्लो समय बढेको महँगी, बाढीपहिरोका पीडितको राहत तथा उद्धारमा सरकारले देखाएको उदासीनता र नागरिकको बढ्दो आत्मदाहको घटनाप्रति पार्टीले गम्भीर चिन्ता व्यक्त गरेको छ । विशेषगरी, हालैका दिनमा सरकारविरुद्ध भएका आत्मदाहका घटनालाई नेता महरले ‘सरकारविरुद्धको विद्रोह’को संज्ञा दिनुभएको छ ।

महरले भन्नुभयो, ‘नागरिकले न्याय नपाउने, राज्यसंयन्त्रबाटै प्रताडित हुनुपर्ने र सरकार स्वेच्छाचारी बन्ने अवस्थाले गर्दा आत्मदाहजस्ता हृदयविदारक घटना बढेका हुन् । यो सरकारका लागि गम्भीर चुनौती हो ।’

बैठकले आगामी दिनमा पोलिटब्युरो र स्थायी कमिटी गठनका साथै विभिन्न निकायमा पूर्णता दिने तयारी गरेको छ । –न्युज एजेन्सी नेपाल