६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता

जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा

जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा
अ+ अ-

गुल्मी। गुल्मीको सत्यवती गाउँपालिका–४ एक्सिङ्का कृषक फत्तमान थापाले सरकारी सेवासँगै आफ्नै पाखोबारीमा फलफूलखेती गरेर हराभरा बनाउनुभएको छ ।

सरकारी सेवामा सत्यवती गाउँपालिकामा सब–इन्जिनियरमा कार्यरत थापाले जागिरसँगै कृषिलाई सँगसँगै अघि बढाउनुभएको छ ।

सव–इञ्जिनियर थापाले सुरुआती चरणमा करिब रु १० लाख लगानी गरी फलफूलखेती सुरु गर्नुभएको थियो । अहिले उहाँको बगैँचामा ५० भन्दा बढी प्रजातिका फलफूल तथा बहुमूल्य वनस्पति छन् । उहाँको बगैँचा व्यावसायिक कृषकदेखि कृषि विषय अध्ययन गर्ने विद्यार्थीका लागिसमेत पाठशाला बन्दै गएको छ । विसं २०५८ मा तत्कालीन जिल्ला विकास समितिबाट सरकारी सेवा सुरु गर्नुभएका थापाले इञ्जिनियरिङ सेवाका क्रममा गाउँगाउँ पुग्दा देखेको कृषि सम्भावनालाई आफ्नै गाउँमा प्रयोग गर्ने सोचलेफलफूल खेती सुरु गरेको बताउनुभयो ।

“गाउँमा केही फल्दैन” भन्ने परम्परागत सोचलाई चुनौती दिँदै थापाले आफ्नो बगैँचालाई अन्य किसानका लागि सिकाइ केन्द्रका रूपमा विकास गर्नुभएको छ । उहाँको कृषि फार्ममा अहिले प्रतिगोटा रु ४०० देखि देखि रु ५०० सम्म मूल्य पर्ने करिब ३०० वटा ड्रागन फ्रुटका बिरुवा रहेका छन् ।

त्यस्तै बगैँचामा चार रोपनी क्षेत्रफलमा ७०० बोट केरा र १०० भन्दा बढी एभोकाडो र ४४० वटा अगरउडका बोट छन् । उहाँको बगैचामा आँप, सुन्तला, मेकाडेमिया नट, लिचीलगायत विभिन्न फलफूलहरुसमेत उत्पादन भइरहेका छन् । फलफूलखेती विस्तारमा थापालाई परिवारको पनि राम्रो साथ छ । थापाले फलफूलखेतीसँगै मसला बाली, मौरीपालन र पशुपालनलाई समेत जोडेर एकीकृत कृषिमा जोड दिँदै आउनुभएको छ ।

सत्यवती गाउँपालिकाले व्यावसायिक कृषकका लागि उत्पादनमा आधारित अनुदानका कार्यक्रमलाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेयले बताउनुभयो । उहाँका अनुसार स्थानीय भूगोल र हावापानीअनुसार विभिन्न प्रकारका फलफूल तथा कृषि बाली विस्तारमा जोड दिइएको छ । गाउँपालिकाको सहयोगमा स्थानीय किसानले माथिल्लो भूभागमा किवी, स्याउ, टिमुर, नास्पाती, हलुवाबेद, ओखर, सुन्तला, अलैँची र कागतीका बिरुवा लगाएका छन् । तल्लो तथा समथर भूभागमा आँप र लिचीजस्ता फलफूलखेती विस्तार गरिएको छ ।

कृषि पर्यटन प्रवर्द्धनका लागि पछिल्लो समय किवी, चिया, कफी तथा सुन्तला उत्पादनमा विशेष जोड दिइएको गाउँपालिका उपाध्यक्ष नीरमाया तरामुले जानकारी दिनुभयो । उहाँका अनुसार सत्यवतीको लुम्पेक क्षेत्रमा चिया तथा कफीखेती विस्तार गरिएको छ । सत्यवती गाउँपालिकाले पालिकाभित्र व्यक्तिगत, समूह, सहकारी तथा सार्वजनिक जग्गामा गरी ८३ हजारभन्दा बढी फलफूल तथा मसला बालीका बिरुवा लगाएको छ ।

किसानलाई उत्पादनमा प्रोत्साहन र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने योजना पालिकाले अघि बढाएको उहाँले बताउनुभयो । रासस