६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट

नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन
अ+ अ-

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीले संगठन सुदृढीकरण तथा जनसरोकारका मुद्दा उठाउन आगामी असोज १५ गतेदेखि दुई महिने देशव्यापी राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ ।

पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा मङ्गलवार सम्पन्न केन्द्रिय कार्य संयोजन समितिको पाँचौँ बैठकले संगठन विस्तार, वाम एकता र विपद् राहतसम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको हो ।

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षता तथा सहसंयोजक माधवकुमार नेपालको सञ्चालनमा सम्पन्न बैठकले पार्टी तथा जनवर्गीय संगठनहरूको समायोजन, सदस्यता वितरण तथा नवीकरणलाई तिब्र बनाउन असोज १५ देखि मङ्सिर १५ गतेसम्म राष्ट्रिय जनअभियान चलाउने निर्णय गरेको छ । यो अभियान केन्द्रदेखि गाउँ, टोल र घरदैलोसम्म पुग्ने प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो। अभियानको विस्तृत कार्यविधि आगामी सचिवालय बैठकले टुङ्गो लगाउनेछ ।

समान विचार र सिद्धान्त भएका वामपन्थी तथा कम्युनिष्ट पार्टीहरूसँग संवाद अघि बढाउन बैठकले तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।

स्थायी समिति सदस्य देव गुरुङको संयोजकत्वमा गठित समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य रहनुभएको छ । समितिले एमालेसहितका वामपन्थी दलहरूसँग एकता र सहकार्यको ठोस गृहकार्य तत्काल अघि बढाउने जिम्मेवारी पाएको छ ।

यसैगरी, यसअघि मङ्सिरमा तय गरिएको महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ । अविरल वर्षा, बाढीपहिरो र प्राकृतिक विपत्तिको असहज परिस्थितिका कारण तल्लो तहका अधिवेशनहरू समयमै सम्पन्न गर्न कठिनाइ भएकाले महाधिवेशन कार्यतालिका परिमार्जन गर्न लागिएको प्रवक्ता ज्वालाले स्पष्ट पार्नुभयो ।

नयाँ कार्यतालिका पार्टी सचिवालयले पारित गरेपछि सार्वजनिक गरिने प्रवक्ता ज्वालाले बताउनु भयो ।–न्युज एजेन्सी नेपाल