काठमाडौं । प्रतिनिधिसभाको बैठकले ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकले उक्त सम्झौता सर्वसहमतिले स्वीकृत भएको सभामुख डोलप्रसाद अर्यालले जानकारी दिनुभयो । यसअघि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सो सम्झौताको प्रस्ताव संसद्मा पेस गर्नुभएको थियो ।
यसअघि बैठकमा प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीले ‘राष्ट्रियसभामा उत्पत्ति भएको सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्नुभएको छ ।








