६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव News Polar सल्यानमा स्क्रब टाइफसको महामारीः सात जनाको मृत्यु, परीक्षण किटको अभावले जोखिम बढ्यो News Polar त्रिपुरेश्वर बस चालक आत्मदाह प्रकरणले संसद तरंगितः ट्राफिक ज्यादती र युवा निराशामाथि सांसदहरूको आक्रोश News Polar चालक आत्मदाह प्रकरणमा न्यायिक छानबिन समिति गठन गर्न यातायात व्यवसायी र श्रमिकको माग News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकको प्रतिवेदन मस्यौदा समितिमा पेश

सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’

सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’
अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद सीता थपलियाले मुलुकमा बढ्दो निराशा, अभिव्यक्ति स्वतन्त्रताको संकुचन र कमजोर पूर्वाधार व्यवस्थापनप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद थपलियाले काठमाडौंको त्रिपुरेश्वरमा भएको आत्मदाहको घटनादेखि धादिङको सडक सम्पर्क विच्छेदसम्मका विषयमा सरकार मौन रहेको भन्दै प्रश्न उठाउनुभयो ।

उहाँले महामानव बीपी कोइरालाको भनाइ उद्धृत गर्दै भन्नुभयो, ‘समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन ।’

त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विवादपछि चालकले गरेको आत्मदाहको घटनाले राज्य संयन्त्रको असफलता उजागर गरेको उहाँको दाबी थियो । सय दिनको कार्यकालमा फरक काम गर्ने दाबी गरेको सरकारको आधा वर्ष बितिसक्दा पनि नागरिकको जीवनस्तरमा अपेक्षित सुधार नआएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

सांसद थपलियाले अभिव्यक्ति स्वतन्त्रताको विषयमा राजनीतिक विश्लेषक भरत दाहालको पक्राउप्रति समेत आपत्ति जनाउनुभयो । हतकडीले हात बाँध्न सकिए पनि विचारलाई बाँध्न नसकिने भन्दै उहाँले सरकार आलोचना सुन्न र सहन सक्ने अवस्थामा हुनुपर्ने बताउनुभयो ।

उहाँले नागरिकमा बढ्दै गएको निराशा सम्बोधन गर्न तथा राज्य संयन्त्रप्रतिको विश्वास कायम राख्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।