१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो त न तपाईँको हातमा थियो, न हाम्रो हातमा थियो कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश



अ+ अ-

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि कांग्रेस सांसद कृष्णप्रसाद यादवले ७७ जना प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्री हुने दाबी पेस गरेका छन्।

शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा सात दलका नेतासहित यादवले बहुमत सदस्यहरूको हस्ताक्षरयुक्त दाबीपत्र बुझाएका हुन्।

१०७ सदस्यीय मधेश प्रदेशसभामा ३ जना सांसद निलम्बनमा रहेकाले अहिले कार्यरत सदस्य संख्या १०४ रहेको छ। त्यसअनुसार सरकार गठनका लागि आवश्यक बहुमत ५३ मत रहेको छ। यादवको दाबीमा बहुमतभन्दा धेरै अर्थात् ७७ सांसदको समर्थन रहेको छ।

गत बुधबार तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। सोही अनुरूप गठित सात दलीय गठबन्धन— जसमा जसपा, जनमत, लोसपा, माओवादी केन्द्र, नेकपा (एस), नागरिक उन्मुक्ति तथा कांग्रेस समावेश छन्—ले कांग्रेसका यादवलाई मुख्यमन्त्री बनाउने सहमति गरेको हो।

मुख्यमन्त्रीमा नियुक्ति भएलगत्तै गठबन्धनले एक साताभित्र प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेको छ।