४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध

दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा

दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा
अ+ अ-

काठमाडौँ।  ‘दिगो पर्यटनका लागि पथप्रदर्शकको दक्षता’ भन्ने मूल नाराका साथ दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा सम्पन्न भएको छ ।

टुरिष्ट गाइड एशोसियशन अफ नेपाल (टुर्गान)को आयोजनामा टुरिष्ट गाइड (पर्यटन पथप्रदर्शक) को क्षमता अभिवृद्धि तथा यस क्षेत्रका समस्या समाधानका लागि बृहत् छलफल गर्ने उदेश्यले आज यहाँ सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनको बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा मन्त्री प्रजापतिले ‘टुरिष्ट गाइड’को समस्यालाई प्राथमिकताका आधारमा समाधान गर्दै लैजाने बताउनुभयो ।

“टुरिष्ट गाइडका तत्काल गर्नुपर्ने समस्या समाधान गर्ने र पछि समाधान गर्नुपर्ने विषयलाई नीति, कानुनबाट समाधान गर्दै लगिनेछ”, उहाँले भन्नुभयो ।

मन्त्री प्रजापतिले टुरिष्ट गाइड नेपालको पर्यटन क्षेत्रको विकासका स्तम्भ भएको बताउनुभयो ।

पर्यटक पथप्रदर्शकले पर्यटकलाई मात्र नभएर देशकै पर्यटन क्षेत्रको बाटो देखाइरहेको उहाँको भनाइ छ। टुर्गानका अध्यक्ष प्रभालक्ष्मी प्रधानाङ्गले अनुमतिपत्र नलिइ पर्यटक घुमाउने टुरिष्ट गाइडलाई कारबाही गरिनुपर्ने बताउनुभयो ।

उहाँले नेपाल भ्रमणका लागि आएका विदेशी पर्यटकलाई नेपालको सकारात्मक सन्देश दिने दूतको कामसमेत टुरिष्ट गाइडले गरिरहेको बताउनुभयो ।

अध्यक्ष प्रधानाङ्गले सम्पदा क्षेत्रमा पर्यटक बोक्ने हरियो नम्बरप्लेटको सवारीसाधनलाई उचित पार्किङको व्यवस्था मिलाउनुपर्ने, स्तरीय शौचालय निर्माण गर्नुपर्ने, जथाभावी माग्नेको समस्या समाधान गर्न माग गर्नुभयो ।

नेपाल एशोसियसन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का महासचिव राजकुमार देवकोटाले अन्तरराष्ट्रिय जगतमा नेपालको पर्यटनबारे सकारात्मक सन्देश दिन टुरिष्ट गाइड लाग्नुपर्ने बताउनुभयो ।

उहाँले पर्यटन क्षेत्रको विकास भएमात्र देशको विकास हुने भएकाले पर्यटन क्षेत्रको विकासमा सबै लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

टुर्गानका पूर्वअध्यक्ष हरेराम बरालले विदेशी पर्यटकलाई नेपालका बारेमा राम्रोसँग जानकार गराउन टुरिष्ट गाइडको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

विसं २०४६ मा स्थापना भएको टुर्गानमा हाल देशभर एक हजारभन्दा बढी ‘टुरिष्ट गाइड’ आवद्ध रहेको टुर्गानका महासचिव सुविन सितिखुले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल देशभर पाँच हजारभन्दा बढीले अनुमतिपत्र लिइसकेका छन् ।

कार्यक्रममा ‘टुरिष्ट गाइड’का क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका केदार तामाङ, शिवप्रसाद शर्मा, श्रीकृष्ण खरेल, कृष्णकमल सैजु, रमिला पाण्डे, बुद्धिलक्ष्मी शाक्य लगायतलाई सम्मान गरिएको थियो । उक्त सम्मेलनले काठमाडौँ घोषणापत्रसमेत जारी गर्नेछ । रासस