४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता
अ+ अ-

भक्तपुर। जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी १७९ वटा मुद्दा दर्ता गरेको छ ।

एक महिनामा भएका अपराधका घटनाबारे जानकारी दिँदै परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले दर्ता भएका मुद्दामध्ये ५७ वटा फछ्र्योट भएकँ बताउनुभयो ।

 एक महिनाको अवधिमा भक्तपुरमा जघन्य अपराधतर्फ एउटा, जबर्जस्ती करणी पाँच, लागुऔषधका तीन र हातहतियार खरखजनातर्फ एउटा मुद्दा दर्ता भई कारबाहीका लागि प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

आर्थिक अपराधतर्फ कुल ९६ वटा मुद्दा दर्ता भएकामा सबैभन्दा बढी बैंकिङ कसुरका ७७ वटा र ठगीका १९ वटा मुद्दा रहेको तथा १२ वर्ष पुरानो सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो ।

त्यसैगरी, अदालतबाट सजाय तथा जरिवाना ठहर भई फरार रहेका ६५ प्रतिवादी पक्राउ गरिएका र कुल ४४ वर्ष छ महिना तीन दिन कैद सजाय भुक्तानका लागि पठाइएको उहाँले जानकारी दिनुभयो । सो क्रममा रु एक करोड २२ लाख १९ हजार जरिवाना असुली गरिएको छ ।

त्यसैगरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित नौ वटा मुद्दा दर्ता भएको घरेलु हिंसातर्फ परेका १३ वटा उजुरी परेको, जिल्लामा कुल २३ वटा सवारी दुर्घटनामध्ये एक जनाको मृत्यु र ३५ जना घाइते भएको, दुई हजार ९४७ वटा सवारी साधनका चालकलाई कारबाही गरी रु १३ लाख ९२ हजार राजस्व सङ्कलन गरेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो ।

प्रहरीले सृजनानगरबाट १९ वर्षीय रामकृष्ण शर्माको साथबाट १२ राउन्ड अवैध गोली बरामद गर्नुका साथै कर्तव्य ज्यान मुद्दा चाँगुनारायणका राकेश पराजुली र भक्तपुरका किशोर चौगुठीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दीपककुमार कार्कीले जानकारी दिनुभयो । रासस