४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार

जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार
अ+ अ-

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण सडक यातायात अवरुद्ध भएपछि जटिल प्रसूति समस्या भएका दुई महिलाको हवाई उद्धार गरी काठमाडौं ल्याइँदैछ।

उत्तरगया गाउँपालिका–३ निवासी ३० वर्षीया सुष्मा देवकोटा र उत्तरगया गाउँपालिका–४ निवासी २६ वर्षीया अप्सरा भट्टमा जटिल प्रसूति समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएकाले थप उपचारका लागि हवाई उद्धार गरिएको हो।

दुवै महिलालाई हेलिकप्टरमार्फत काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल ल्याइँदैछ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा सडक तथा यातायात सेवा अवरुद्ध हुँदा आकस्मिक स्वास्थ्य सेवा आवश्यक पर्ने गर्भवती तथा सुत्केरी महिलालाई समयमै सुविधासम्पन्न अस्पतालसम्म पुर्‍याउन चुनौती उत्पन्न भएको छ।

यस्तो कठिन परिस्थितिमा जटिल स्वास्थ्य समस्या देखिएका गर्भवती तथा सुत्केरी महिलाको जीवनरक्षाका लागि आवश्यक समन्वय गर्दै उद्धार तथा उपचारको व्यवस्था मिलाइएको छ।