५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar पार्टीभित्रको असहमति दबाउने शैलीले बढायो निराशा र जनआक्रोश News Polar मूल्यवृद्धिको दोष खुद्रा व्यापारीलाई मात्र दिनु गलतः अध्यक्ष बज्राचार्य News Polar आपूर्ति प्रणालीका समस्या समाधान गर्न ‘वान डोर’ अनुगमन आवश्यकः महानिर्देशक लुइँटेल News Polar महिला भलिबलः नेपाल हङ्कङसँग पराजित News Polar अन्नपूर्ण बेस क्याम्प पुग्यो अन्नपूर्ण स्पाइकर किंग्सको ‘गौरवको यात्रा’ ट्रफी News Polar कुलेश्वरमा कवाडी गोदाममा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी News Polar बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल News Polar बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको पुनर्निर्माण तीव्र, पिमलटार–जागाराम पुलको मर्मत सम्पन्न News Polar स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते News Polar भूमि प्रशासन कार्यालय तनहुँद्वारा रु ३६ करोड ४८ लाख राजस्व सङ्कलन News Polar त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन News Polar सुनसरीमा करेन्ट लागेर इटहरीमा एक युवकको मृत्यु News Polar बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय

मधेसमा आत्महत्याका घटना बढ्दै

मधेसमा आत्महत्याका घटना बढ्दै
अ+ अ-

काठमाडौं । पछिल्लो समय मधेस प्रदेशका जिल्लामा आत्महत्या गर्ने प्रवृत्ति बढ्दै गएका छन् । प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को दुई महिनाको अवधिमा मधेसका विभिन्न जिल्लामा गरी २५० जनाले आत्महत्या गरेका छन् ।

अधिकांशले झुण्डिएर र विष सेवनलाई आत्महत्याको माध्यम बनाउँदै आएका प्रदेश प्रहरी कार्यालयले जनाएको छ । चालु आव २०८३/८४ को साउनमा ८८ र भदौमा १६२ गरी दुई महिनाको अवधिमा २५० जनाले आत्महत्या गरेका मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो अविधमा सबैभन्दा बढी सिरहा र बारामा ४६/४६, सप्तरीमा ३९, रौतहटमा ३०, धनुषा र महोत्तरीमा २४/२४, सर्लाहीमा २१ र पर्सामा २० जनाले आत्महत्या गरेका छन् । यसरी अत्यधिक वृद्धि भएको आत्महत्याको ठोस कारण यकिन गर्न नसकेपनि घरायसी विवाद, पे्रममा असफलता, गरिबी, बेरोजगारी र जीवनको दुःख कष्ट सहन नसकेरलगायत रहेका बुद्धिजीवीहरू बताउँछन् ।

उमेरको हिसाबले १६ वर्ष मुनिदेखि ७० वर्षसम्मका वृद्धवृद्धाले आत्महत्या गर्दै आएका छन् । आत्महत्या गर्नेहरूमा १८ वर्षदेखि ४० वर्षबीचको सङ्ख्या बढी रहेको प्रहरी वरिष्ठ उपरीक्षक ढकालले बताउनुभयो । त्यस्तै, पुरुषको तुलनामा महिलाले बढी आत्महत्या गर्ने गरेका उहाँको भनाइ छ ।

महिलामाथि हिंसा बढी हुने गरेकाले पनि पुरुषको तुलनामा बढी आत्महत्या गर्ने गरेका महिला अधिकारकर्मी सरस्वती मण्डलले बताउनुभयो । “आत्महत्या गर्नेमा सामान्य आर्थिक अवस्थाका व्यक्ति बढी छन् । यसपछि न्यून आय भएका व्यक्तिको संलग्नता पाइँदैन”, उहाँले भन्नुभयो ।

अधिकांशले झुण्डिएर र विष खाएर आत्महत्या गर्ने गरेका भन्दै प्रहरी वरिष्ठ उपरीक्षक ढकालले केहीले हाम फालेर आत्महत्या गर्ने गरेका उल्लेख गर्नुभयो।

यसरी सामान्य विवादमा पनि विष खाएर आत्महत्या गर्ने प्रवृत्ति समाजका लागि चुनौतीको विषय बनेको स्थानीय बुद्धिजीवीहरूको भनाइ छ ।

स्थानीय बुद्धिजिवी एवं नागरिक समाजका अगुवा रामकुमार साहले भन्नुभयो, “यस किसिमको अपराधको विषयमा समाजका सबै पक्ष गम्भीर बनेर समस्या समाधानमा एकजुट हुनुपर्छ । नभए यो समाजका लागि ठूलो चुनौतीको रूपमा खडा हुन सक्छ ।”

सबै पक्षले यसलाई गम्भीर रूपमा लिई मनोसमाजिक परामर्श तथा मनोचिकित्सक सेवा सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।