५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar अन्नपूर्ण बेस क्याम्प पुग्यो अन्नपूर्ण स्पाइकर किंग्सको ‘गौरवको यात्रा’ ट्रफी News Polar कुलेश्वरमा कवाडी गोदाममा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी News Polar बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल News Polar बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको पुनर्निर्माण तीव्र, पिमलटार–जागाराम पुलको मर्मत सम्पन्न News Polar स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते News Polar भूमि प्रशासन कार्यालय तनहुँद्वारा रु ३६ करोड ४८ लाख राजस्व सङ्कलन News Polar त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन News Polar सुनसरीमा करेन्ट लागेर इटहरीमा एक युवकको मृत्यु News Polar बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल

त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन

त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन
अ+ अ-

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा रिद्धीसिद्धी यातायातको बसमा भएको आगलागी घटनाको कारण र अवस्थाबारे छानबिन गर्न समिति गठन गरिएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । रानीपोखरीका एआईजी सुशील सिंह राठौरका अनुसार समितिलाई घटनाको अध्ययन गरी प्रतिवेदन बुझाउन पाँच दिनको समय दिइएको छ ।

त्रिपुरेश्वरमा रिद्धीसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी हुँदा चालक २५ वर्षीय दावा लामा गम्भीर घाइते भएका थिए । काभ्रे घर भएका लामालाई प्रहरीले उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याएको थियो ।

उपचारमा संलग्न चिकित्सकका अनुसार लामाको अवस्था चिन्ताजनक रहेको छ । प्रहरीले आगलागीको कारणसहित घटनाको समग्र अवस्थाबारे समितिले छानबिन गर्ने जनाएको छ ।