काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूसँग छलफल गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार भएको भेटमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र नेता विश्वप्रकाश शर्मा सहभागी थिए।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि आवश्यक विषयमा छलफल गर्न प्रधानमन्त्री शाहले प्रमुख प्रतिपक्षी दलका प्रतिनिधिलाई बोलाएका थिए।
प्रधानमन्त्री शाह महासभामा सहभागी हुन मंगलबार अपराह्न संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्ने कार्यक्रम छ। महासभामा नेपालको तर्फबाट उठाइने विषय तथा भ्रमणका क्रममा हुने छलफलका विषयमा पनि भेटमा कुराकानी भएको जनाइएको छ।








