५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम
अ+ अ-

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, धादिङ, गोरखा, चितवन, नुवाकोट तथा तनहुँ जिल्लाका नागरिक तथा पृथ्वी राजमार्गअन्तर्गत गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी तथा मुग्लिन–नारायणगढ सडक क्षेत्र आसपास बसोबास गर्ने तथा बाढीबाट प्रत्यक्ष प्रभावित नागरिकलाई लक्षित गरी विभिन्न राहत तथा सञ्चार सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ।

बाढीका कारण क्षति भएका र पुनः प्रयोग गर्न सकिने अवस्थामा नरहेका एनटी फाइबर केबल तथा राउटर निःशुल्क उपलब्ध गराई जडान गरिने छ।
एनटी फाइबरमार्फत सेवा प्रयोग गरिरहेका ग्राहकको समयावधि समाप्त भएमा तीन महिनाका लागि निःशुल्क समय थप गरिने छ।

बाढी प्रभावित क्षेत्रमा रहेका ग्राहकको नाममा रहेको सिमकार्ड पुनः वितरण गरिने छ। यसका लागि पाँचवटा सम्पर्क गरिएका नम्बर उपलब्ध गराउनु पर्ने, उक्त नम्बरको Last Location बाढी प्रभावित क्षेत्रमा हुनुपर्ने तथा सम्बन्धित नम्बरको KYC Update यथाशीघ्र गर्नुपर्ने व्यवस्था गरिएको छ।

बाढीका कारण विभिन्न स्थानमा फसेका व्यक्तिहरूसँग सञ्चार सम्पर्क कायम गर्न नेपाली सेनाको समन्वयमा २१० थान सिमकार्ड उपलब्ध गराइएको छ। बाढी प्रभावित क्षेत्रका ग्राहक वर्गलाई उपलब्ध गराइएको प्याकेजसहितका यी सिमकार्डको विवरण अद्यावधिक गरी अभिलेख राख्ने व्यवस्था मिलाइएको छ।

त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको IDMC मा रहेको Main Server देखि प्राधिकरणमा रहेको Backup Server द्वारा निःशुल्क Connection स्थापित गर्न Dark Fiber–Physical Connectivity उपलब्ध गराइएको छ।

बाढी प्रभावित क्षेत्रका नागरिकलाई प्राथमिक मनोवैज्ञानिक सहयोग तथा मनोपरामर्श सेवा उपलब्ध गराउने श्री मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल (CMC-Nepal) को नाममा जडान भएको टोल फ्री नम्बर १८१०५०००४०२ मा तीन महिनासम्मको मासिक बिल निःशुल्क हुने व्यवस्था मिलाइएको छ।

साथै बाढी प्रभावित क्षेत्रका नागरिकहरूलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वयमा नेपाल प्रहरी विपद् उद्धार एवम् प्रतिकार्य तालिम केन्द्र र राधास्वामी सत्संग व्यास नेपाल, सामाखुशी केन्द्रमा राहत सङ्कलन तथा व्यवस्थापनका लागि १ महिनाका लागि १०० Mbps क्षमताको निःशुल्क इन्टरनेट सेवा , जिल्ला प्रशासन कार्यालय भरतपुरमा रहेको विपद् व्यवस्थापन Unit का लागि १ वर्षको अवधिभर १०० Mbps क्षमताको निःशुल्क इन्टरनेट सेवा र रसुवा जिल्लामा आएको बाढीका कारण विपद् प्रभावित क्षेत्रबाट प्राप्त हुने सूचना, क्षति विवरण, राहत तथा उद्धारसम्बन्धी जानकारी, फिल्ड रिपोर्ट, फोटो तथा भिडियो लगायतका तथ्याङ्क समयमै संकलन र प्रवाह गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई १ वर्षका लागि उच्च गतिको निःशुल्क इन्टरनेट तथा प्राविधिक सहयोग उपलब्ध गरिएको छ।

कम्पनीले बाढी प्रभावित क्षेत्रको राहत, उद्धार र पुनर्स्थापनाका लागि कर्मचारीको योगदान सहित विभिन्न शीर्षकमा झन्डै २० करोड रुपैयाँ सहयोग यस अघि नै उपलब्ध गराइसकेको छ। साथै, बाढीबाट प्रभावित क्षेत्रको करोडौं रुपैयाँको दूरसञ्चार पूर्वाधार क्षति भएकोमा उक्त संरचना पुनर्निर्माण कार्यलाई समेत जारी राखेको छ।