५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाहसँग कांग्रेसका नेताहरूको भेट, के भयो कुरा ? News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा

उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा
अ+ अ-

समरकन्द, उज्बेकिस्तान । उज्बेकिस्तानको समरकन्दमा सञ्चालन भइरहेको ४६औं -फिडे) चेस ओलम्पियाडमा नेपाली खेलाडीहरु पनि सहभागी भएका छन् । जहाँ नेपाली राष्ट्रिय चेस टोलीले विश्वभरका अन्य टोलीहरूसँग प्रतिस्पर्धा गरिरहेको छ।

यस प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिताले विश्व खेलकुद मञ्चमा देशको अर्को एक महत्वपूर्ण उपस्थिति जनाएको छ । साथै, यसले अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र सांस्कृतिक आदान–प्रदानमार्फत उज्बेकिस्तानसँगको नेपालको सम्बन्धलाई अझ सुदृढ बनाएको छ ।

ओलम्पियाडको दौरान, उज्बेकिस्तानका लागि नेपालकी गैर–आवासीय राजदूत रीता दाहालबाट नेपाली टोलीका लागि शुभकामना तथा हौसलापूर्ण सन्देश प्रदान गरेकी छिन् । समरकन्दमा टोलीसँगको भेटघाटका क्रममा एसिया इन्टरनेशल युनिभर्सिटी उज्वेकिस्तानका भाइस रेक्टर डा. किशन भण्डारीले खेलाडीहरूलाई उक्त सन्देश हस्तान्तरण गरेका थिए ।

अन्तर्राष्ट्रिय चेस महासंघ फिडेको आयोजनामा सञ्चालित यस ओलम्पियाडमा खुला र महिला ओपन दुवै विधामा बिभिन्न राष्ट्रका राष्ट्रिय टोलीहरूले प्रतिस्पर्धा गरिरहेका छन् । विश्वकै प्रमुख टोलीहरुको सहभागिता रहेको यो विश्व स्तरीय चेस प्रतियोगितामा नेपाली खेलाडीहरुले पनि राम्रो प्रतिष्पर्धा गर्ने अनुमान गरिएको छ ।

नेपालबाट सहभागी खेलाडीहरुमा खुल्ला तर्फ क्यान्डिडेट मास्टर पुरुषोत्तम सिलवाल – २०९३ ), फिडे मास्टर रुपेश जयसवाल – २१५१ ), क्यान्डिडेट मास्टर सुश्रुत दाहाल – २०३८ ), आशिष फुँयाल – २००८ ), राजन सुवेदी – १९६७ ) रहेका छन् । खुल्ला टोलीको कप्तानमा किरिल कुदेरिनोभ रहेका छन् ।

यस्तै महिलातर्फ एन्जेल महर्जन १६४४,कृतिसरा अधिकारी १७४४,पूजा भण्डारी १६८२,निहाना श्रेष्ठ १५७५,सिन्दिरा जोशी -१५६५) रहेका छन् । महिला तर्फको कप्तानमा रिजेन्द्र राजभण्डारी रहेका छन् । नेपाली टोलीको नेतृत्व नेपाल चेस एसोसिएशनका महासचिव धर्मबहादुर लामाले गरेका छन् ।

चेसको सबैभन्दा ठूलो र प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता मध्येको एक यो प्रतियोगितामा नेपालको झण्डा फहराउँदै नेपाली टोलीले समरकन्दमा गर्वका साथ देशको प्रतिनिधित्व गरिरहेको छ ।